ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

अन्तराष्ट्रिय सम्बन्ध बढाउन विदेशी विद्यार्थी नेपाल पढ्न आउने वातावरण बनाऔं : नैनसिंह महर

१६ फाल्गुन २०८१, शुक्रबार
१६ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य र शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालका अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्धन गर्न विदेशी विद्यार्थीहरूलाई नेपालमा अध्ययन गर्ने वातावरण बनाउनु पर्ने बताएका छन्। उनले यो धारणा राष्ट्रिय, निजी तथा आवासीय विद्यालय एसोसिएसनको ८औं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै राखेका हुन्।

नेता महरले सरकारलाई बजेटमा विदेशी विद्यार्थीहरूको लागि छात्रवृत्तिको अवसर प्रदान गर्न सुझाव दिए। उनका अनुसार, यस्तो छात्रवृत्ति नेपालका अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाउँछ र नेपालको शिक्षा प्रणालीमा विश्वास निर्माण गर्न मद्दत पुर्याउँछ। उनले शिक्षा भूराजनीतिक दृष्टिकोणबाट महत्त्वपूर्ण रहेको पनि बताए।

नेपाललाई एक प्रमुख शिक्षा हब बनाउन महराले केही महत्त्वपूर्ण पक्षहरू प्रस्तुत गरे। उनले नेपालको भौगोलिक अवस्थिति र असंलग्न परराष्ट्र नीतिलाई प्रमुख फाइदा मान्दै भने, “नेपालले भारत र चीन जस्ता ठूला मुलुकहरूको नजिक रहेको अवस्थिति, व्यापारिक सम्भावना र शिक्षा क्षेत्रमा ठूलो योगदान गर्न सक्छ।”

नेपालले प्राकृतिक र जैविक विविधता, आयुर्वेद, पर्वतारोहण र मेडिकल शिक्षा जस्ता क्षेत्रमा अध्ययन र अनुसन्धानका अवसरहरू प्रदान गर्न सक्ने महराले विश्वास व्यक्त गरे।

सही रणनीति र योजनासँग नेपालले विश्वस्तरीय शिक्षा प्रदान गर्न सक्ने उनले उल्लेख गर्दै शिक्षा क्षेत्रमा सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए। उनले शिक्षा विधेयकको विषयमा सबैले अधिकार र कर्तव्य निर्वाहमा सहमति बनाउनुपर्ने आवश्यकता व्यक्त गरे।

त्यसैगरी, निजी क्षेत्रको लगानी सुरक्षा सम्बन्धी कांग्रेस पार्टीका विचारको बारेमा पनि महराले स्पष्ट पारे। उनले पार्टी सभापति शेरबहादुर देउवा संग शिक्षा क्षेत्रको लगानी सुरक्षा र निजी क्षेत्रको आश्वस्तता बारे छलफल भएको र यस विषयमा प्रधामन्त्रीसँग पनि छलफल गर्ने तयारी रहेको बताए। महामानवता र शिक्षा क्षेत्रको समृद्धिको लागि महराले सबैलाई काम गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?