ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

संस्कृतिलाई स्रोतको रुपमा विकास गर्न राममणिले राष्ट्रिय गोष्ठी गर्दै

१६ फाल्गुन २०८१, शुक्रबार
१६ फाल्गुन २०८१, शुक्रबार

बुटवल, १६ फागुन ।

राष्ट्रिय संस्कृतिलाई स्रोतको रुपमा विकास गर्ने लक्ष्यसहित राममणि बहुमुखी क्याम्पसले दुईदिने राष्ट्रिय गोष्ठी आयोजना गर्ने भएको छ ।

यही फागुन १८ र १९ गते मणिग्रामस्थि विश्राम वाटिकामा आयोजना गर्न लागिएको गोष्ठीमा संस्कृतिविद, समाजशास्त्र सम्बन्धी प्राज्ञ लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने छ ।

गोष्ठीबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्याम्पसमा अनुसन्धान व्यवस्थापन समिति संयोजक डा. अशोक भण्डारीले राष्ट्रिय संस्कृतिलाई बुझ्ने र यसलाई स्रोतको रुपमा अगाडि बढाउने उद्देश्यले गोष्ठीको आयोजना गर्न लागिएको बताए ।

गोष्ठीको पहिलो दिन कि नोट स्पीकरको रुपमा संस्कृतिविद डा. जगमान गुरुङ, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. कृष्णचन्द्र शर्मा र सहप्राध्यापक टिकाराम गौतमको प्रस्तुती रहने छ ।

त्यसैगरी दोस्रो दिन प्राविधिक सत्र रहने छ भने अनुसन्धानमूलक प्रस्तुति हुने छ, जसमा तीनजना प्यानलिस्ट अर्थशास्त्रका प्राध्यापक डा. बाबुराम ज्ञवाली, प्राध्यापक कपिल लामिछाने र व्यवस्थापनका विज्ञ गणेश पाठकको प्रस्तुति रहने छ ।

गोष्ठीमा प्राज्ञ र स्नातकोत्तर तथा पिएचडी अध्ययनका विद्यार्थीहरुका साथै सरकारी र सामुदायिक क्याम्पसका प्राध्यापक तथा विज्ञहरु सहभागी हुने क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले जानकारी दिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले संस्कृतिलाई कसरी आर्थिक पाटोसँग जोड्न सकिन्छ भन्ने कुरालाई गोष्ठीले जोड दिने बताए । गोष्ठीको उदघाटन संघीय सांसद वासुदेव घिमिरेले गर्ने क्याम्पसले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?