Butwal Today

जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशबारे अन्तरक्रिया गर्दै

१५ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशबारे विभिन्न राजनीतिक दलका नेताहरू र विज्ञहरूको सहभागितामा अन्तरक्रिया गर्ने भएको छ।

जसपा नेपालको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको अवस्थामा फेरि शुक्रबार अन्तरक्रिया गर्न लागेको हो। सरकारले समर्थनका लागि दबाब बढाइरहेकाले जसपा नेपालले छलफल गर्न लागेको छ।