Butwal Today

उर्जामन्त्रीलाई कुलमानको जवाफ- उर्जा मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन

१५ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयलाई स्पष्टीकरण नदिन चेतावनी दिएका छन्। बुधबार उर्जा मन्त्रालयले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए, जसको जवाफ कुलमानले केही समयअघि दिएका छन्।

कुलमानले उर्जा मन्त्रालयलाई आफ्नो विषयमा स्पष्टिकरण सोध्ने अधिकार नभएको जवाफ दिएका छन्। उनले भनेका छन्, “निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार, कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची – १ को क्र.स. ३३) र नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २४ बमोजिम मन्त्रालयलाई छैन।”

उनले यो पनि उल्लेख गरेका छन् कि मन्त्रालयले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २२ अनुसार कुनै आरोपमा कारवाही गर्न लागिरहेको छैन भन्ने कुरा स्पष्टीकरणमा उल्लिखित छैन।

कुलमानले यसबारे स्पष्टिकरण सोध्न अस्वीकृत गरेका छन् र मन्त्रालयको कारवाहीलाई कानूनसँग तुलना गर्दै जवाफ दिएका छन्। ऊर्जा मन्त्री दीपक खड्काले भने आन्तरिक र बाह्य भ्रमण, काज र बिदाका विषयमा प्रश्न सोधेका थिए।