ट्रेंडिंग:

>> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो

लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं स्थापना दिवस: बन्दैछ विपन्नदेखि सम्भ्रान्तसम्मको रोजाई

१५ फाल्गुन २०८१, बिहीबार
१५ फाल्गुन २०८१, बिहीबार

बुटवल।

लुम्बिनी प्रादेशिक अस्पताल आज (बिहीबार) देखि ११५ औं वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसको अवसरमा आज मूल समारोहको आयोजना गरी मनाइँदै छ। बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पश्चिम नेपालको पुरानो अस्पतालमध्येमा पर्छ। रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा महेन्द्र र सिद्धार्थ राजमार्गको संगमस्थलमा अवस्थित यो अस्पतालले लुम्बिनी प्रदेशका सबै जिल्ला, साथै गण्डकी प्रदेशको स्याङ्जा र पर्वत जिल्लाका केही भागका जनतालाई सेवा प्रदान गरेको छ। करिब ४० लाख जनसंख्यालाई अस्पतालबाट सेवा दिँदै आएको तथ्यांकमा उल्लेख छ।

लुम्बिनी प्रादेशिक अस्पताल बि.स. १९६७ सालमा २ जना बंगाली चिकित्सकबाट आधुनिक उपचार शुरु गरिएको मानिन्छ। अस्पतालले ११५ वर्ष पुरानो इतिहास बोकेको छ। बि.स. २०११ सालमा इसा मिसनरीको पहलमा पाल्पाको मिशन अस्पताल स्थापना भयो जहाँ उपचार, शल्यक्रिया लगायत आधुनिक चिकित्साको विकास भएको थियो। तालिम प्राप्त अहेब, सिअहेब, हेअ र नर्सहरूले पनि लुम्बिनीका विभिन्न स्थानमा व्यवसाय विस्तार गरेका थिए। बि.स. २०११ आश्विन ११ गते बुटवलका उत्साही युवाहरूले परोपकार नामक संस्था स्थापना गरेका थिए। चन्द्रमान थैव, हरि बहादुर श्रेष्ठ, चन्द्रमान शाक्य, हेम नारायण श्रेष्ठ, महेश्वर गोपाल लाकौल, संघरत्न बज्राचार्य, चन्द्रध्वज श्रेष्ठले परोपकारमार्फत औषधी उपचार शुरु गरे। जहाँ कम्पाउण्डरको रूपमा विष्णु देव श्रेष्ठ र गणेश सुवालले सेवा गरे। यसैको सेरोफेरोमा पारी बुटवलको फुलबारीबाट रहेको यो अस्पताल भिम सम्शेरले हालको स्थानमा स्तरवृद्धि गर्दै सरेका इतिहास छ।

तत्कालिन प्रधानमन्त्री विपि कोईराला हुँदा राज परिषदको उपसभापति सूर्य बहादुर थापाले बि.स. २०१५ सालमा फागुन १५ गते हालको अस्पताल शिलान्यास गरेका थिए। जुन मितिलाई पछि बि.स. २०६२ फागुन १५ बाट स्थापना दिवस मनाउन लागिएको हो।

लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो समय स्वरूप फेरेको छ। अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार हुँदा सेवाप्रवाह प्रभावकारी बन्दै गएको अस्पतालका आकस्मिक विभाग प्रमुख रामप्रसाद अर्याल बताउँछन्। अस्पतालको आकस्मिक कक्ष मात्रै होइन, बहिरंग, अप्रेशन कक्ष, ल्याब, प्रशासन लगायत सबै क्षेत्रको अहिले रूप फेरिंदै गएको छ।

यो सेकेन्डरी बी लेभलको सरकारी अस्पताल हो। हाल अस्पतालबाट क्याथल्याब सेवासहित मृगौलाको डायलाइसिस, प्लास्टिक सर्जरी, ग्याष्ट्रो मेडिसिन, न्यूरो मेडिसिन, न्यूरो सर्जरी, युरो सर्जरी, इन्टेरेस्कोप, सिएनसियू, पिआइसियु, एनआइसियु, बर्थिङ सेन्टर, नेत्र रोग, हाड जोर्नी तथा नसा रोग, दन्त, नाक, कान घाँटी, आँखा, मनोरोग लगायतका विशिष्टिकृत सेवा सञ्चालनमा छन्। अस्पतालमा १२७ जना चिकित्सक (विशेषज्ञ र मेडिकल अधिकृत), २९४ नर्सिङ कर्मचारी, १५७ पारामेडिक्स कर्मचारी, २८ जना प्रशासनिक कर्मचारी, १८९ जना कार्यालय सहयोगी र सरसफाइकर्मी, २६ जना सुरक्षागार्ड तथा २८ जना अन्य गरी ८५१ जना कार्यरत छन्।

विपन्नदेखि सम्भ्रान्त वर्गको रोजाइ
स्वास्थ्य सेवालाई विशिष्टिकृत गर्दै गएको लुम्बिनी प्रादेशिक अस्पताल गरीब तथा विपन्न परिवारको सहारादेखि सम्भ्रान्त वर्गको रोजाइमा समेत पर्ने गरेको छ। पहिले ग्रामीण क्षेत्रबाट अत्यधिक चाप हुने गरेको यो अस्पतालमा बुटवल लगायत आसपासका सहरी क्षेत्रबाट समेत ठूलो संख्यामा मानिसहरू उपचारका लागि आउने गरेको पाइएको छ। सरकारी अस्पतालप्रति विश्वास बढ्दै गएको र यहाँको सेवामा पनि सुधार हुँदै गएकाले सम्भ्रान्त वर्गले समेत उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताललाई रोज्ने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल बताउँछन्। “अब यो अस्पताल गरीबहरूको उपचार गर्ने अस्पताल मात्रै रहेन, सबै खाले मानिसको उपचार गर्ने अस्पतालको रूपमा परिचय बनाइसकेको छ”–उनले भने। अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठ एउटै छानामुनि सबै सेवा पाउँदा सबै खाले सेवाग्राहीमा आकर्षण बढेको बताउँछन्। “निजी अस्पताल कुनै रोग विशेषलाई केन्द्रित गरेर खोलिएको हुन्छ, तर यहाँ सबै सेवा उपलब्ध हुँदा आम मान्छेको आकर्षण बढेको हो”–उनी भन्छन्।

‘सामाजिक सेवा इकाई’ विपन्नको सहारा
अस्पतालमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम, सामाजिक सेवा इकाई कार्यक्रमले सेवाग्राहीलाई ठूलो राहत दिएको छ। सिधा अर्थमा भनेको ‘सामाजिक स्वास्थ्य इकाई’ गरीब तथा विपन्न परिवारको साथ र भरोसा बनेको छ। आर्थिक रूपमा विपन्न, वृद्ध–वृद्धा, सामाजिक रूपमा पिछडिएका तथा लक्षित वर्गले उपचार सेवामा सहुलियत प्राप्त गर्ने भएपछि सेवाग्राहीको चासो र चाप बढ्दै गएको छ। आंशिक तथा पूर्ण निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्नेपछि सेवाग्राहीको आकर्षण र विश्वास बढ्दै गएको हो।

सामाजिक इकाई मार्फत अस्पताल विकास समितिले आफ्नो आन्तरिक श्रोतबाट पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा साढे २ करोड रकम बराबरको स्वास्थ्य उपचार तथा सेवा उपलब्ध गराएको छ। यसैगरी चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा मात्रै ६१ लाख बढी रकमको सेवा उपलब्ध गराएको छ।

अस्पतालमा सामाजिक स्वास्थ्य इकाई मार्फत चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ हजार ४६ जनालाई सेवा उपलब्ध गराइएको इकाईका प्रमुख नेत्रप्रसाद आचार्यको भनाइ छ। जसमध्ये लक्षित समूह अन्तर्गत गरीब परिवारका ६५९ जना, जेष्ठ नागरिक १ हजार २७३ जना, असहाय २५ जना, अपाङ्गता भएका व्यक्ति ६२ जना, कुपोषित बालबालिका ७, महिला स्वास्थ्य स्वयंसेविका ३, थुनुवा १४ र प्राकृतिक प्रकोप प्रभावित २ जना रहेका छन्। अस्पतालमा जाँचपड्ताल तथा अप्रेशन, औषधी उपचार खर्च तथा आईसीयू सेवाका लागि कुल ६१ लाख ७८ हजार ४९६ रुपैयाँ रकम बराबरको स्वास्थ्य सेवा पहिलो चौमासिकमा उपलब्ध गराइएको सामाजिक सेवा इकाईको तथ्याङ्कमा उल्लेख छ।

अस्पताल विकास समितिले आफ्नै खर्चमा गरीब, गरिब तथा लक्षित वर्गलाई सामाजिक इकाईबाट सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष अजयमान श्रेष्ठ बताउँछन्। तर यसरी सेवा दिने क्रममा कतिपय जनप्रतिनिधिले विपन्नको नाममा पहुँचको आधारमा सम्पन्न व्यक्तिको सिफारिश गर्दा चुनौती देखिएको श्रेष्ठको भनाइ छ। अस्पतालले विपन्नहरूको उपचार मात्र होइन बेसहाराहरूको व्यवस्थापनका लागि समेत काम गर्दै आएको छ। बुटवलको मानव सेवा आश्रमसँग सहकार्य गरी बेवारिसे अवस्थामा रहेका नागरिकलाई औषधी उपचारपछि आश्रममा बासको लागि व्यवस्था मिलाउने गरिएको छ। उपचार सेवालाई सहज बनाउनका लागि गरीब तथा विपन्न परिवारलाई उपचार मात्र होइन बिरामी कुरुवालाई खाना नास्ता समेत उपलब्ध गराउने गरिएको सामाजिक इकाईका प्रमुख आचार्य बताउँछन्। विपन्न परिवारका बिरामीले उपचार गराउँदाको अवधिमा उनीहरूलाई कुरेर बस्ने आफन्तलाई दैनिक ५० रुपैयाँ बराबरको खाजा खर्च तथा खाना उपलब्ध गराउने गरिएको आचार्यको भनाइ छ।

अस्पतालमा ६० देखि ८० वर्षसम्मका जेष्ठ नागरिकलाई ५० प्रतिशतसम्म सहुलियत रहेको छ भने ८० वर्ष माथिका जेष्ठ नागरिकलाई पूर्ण निःशुल्क उपचार सेवा उपलब्ध रहेको छ। इकाईमार्फत सेवा प्राप्त गर्नका लागि सम्बन्धित पालिकाको सिफारिस, लक्षित समूहको परिचय पत्र, नागरिकता लगायतको आवश्यक कागजातहरू पेश गर्नुपर्ने नियम रहेको छ।

अस्पतालले लक्षित समूहलाई तीन प्रकारको सेवा प्रवाह गर्दै आएको छ। जसमा ओपीडी सेवामा २ हजार ५ सयसम्मको जाँच उपचार सेवा निःशुल्क, आकस्मिक सेवातर्फ ५ हजारसम्मको सेवा उपचार निःशुल्क गर्दै आएको छ भने अप्रेशन तथा भर्ना भएका बिरामीहरूलाई १० हजारसम्म निःशुल्क सेवा प्रदान गर्ने गरिएको छ। सेवा इकाईले २४ घन्टा नै सेवा दिदै आएको छ।

बढ्दै प्रसुती सेवा लिनेको संख्या
लुम्बिनी प्रदेश तथा छिमेकी प्रदेशसम्म गरी विभिन्न १६ जिल्लाबाट स्वास्थ्य सेवाका लागि आउने यस अस्पतालमा प्रसुती सेवा लिनेको संख्या समेत हरेक वर्ष वृद्धि हुँदै गएको तथ्याङ्कले देखाउँछ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार गत वर्ष १२ हजार ९५ जना महिलाले प्रसूति सेवा लिएका छन्। प्रसूति सेवा दिने यो अस्पताल प्रदेशकै सबैभन्दा ठूलो अस्पताल हो।

गत आर्थिक वर्षमा ७ हजार ५४८ जनाको सामान्य प्रसूति हुँदा ४ हजार ५४७ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको छ। त्यस्तै ९ हजार ७६५ जना विभिन्न समस्याका बिरामीको शल्यक्रियामार्फत उपचार गरिएको डा. ढकालले जानकारी दिए।

बन्दैछ अत्याधुनिक भवन
अस्पतालको भवन निर्माणको काम अहिले धमाधम भइरहेको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा भवन निर्माण कार्य सुरू गरिएको हो। लुम्बिनी प्रदेश सरकारले आफ्नो गौरवको आयोजना अन्तर्गत अगाडि बढाइरहेको भवनको शिलान्यास गत भदौ १५ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए।

जीर्ण भएको भवन भत्काएर अत्याधुनिक सेवासुविधासहित नयाँ बनाउन लागिएको हो। यसअघि यहाँ संघ र प्रदेश सरकारसँगै अस्पताल विकास समिति आफैले पनि करोडौं लगानी गरी अन्य भवन निर्माण गरिसकेका छन्। पछिल्लो पाँच वर्षयता मात्रै संघीय सरकारको लगानीमा दुई पटक गरी ५८ करोड रुपैयाँ लागतमा भौतिक संरचना बनेका छन्।

त्यस्तै अस्पताल विकास समितिले इमर्जेन्सी, ओपीडी, अन्तरंग सेवा, फार्मेसी, अस्पतालभित्रको सडक र पर्खाल निर्माण लगायतमा ३५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ। निर्माण पूरा भएपछि यो प्रदेशकै अब्बल अस्पताल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?