© २०२३
बुटवल, १४ फागुन ।
महाशिवरात्री पर्वका अवसरमा पाल्पाका शिवालय तथा मन्दिरमा बुधबार बिहानैदेखि भीड लागेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानको प्रसिद्ध शिद्धबाबा मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुँइचो लागेको हो ।
सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष शेरचनका अनुसार बिहान ३ बजेदेखि नै मूल मन्दिर खुला गरिएको छ । सिद्धपुरुष भर्तृहरिको तपोभूमि तथा आदिमानव रामपिथेकसको विचरणस्थलका रुपमा परिचित सिद्धबाबा पुरातात्विक, धार्मिक एवं पर्यटकीय दृष्टिलेसमेत महत्त्वपूर्ण भएकाले श्रद्धालुहरुको घुँइचो लागेको हो ।
तस्विरहरुः विश्वास ढकाल