ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

‘नीजि शिक्षालयहरूलाई अवसर र चुनौती दुबै’

१४ फाल्गुन २०८१, बुधबार
१४ फाल्गुन २०८१, बुधबार

बुटवल, १४ फागुन ।
देशमा घट्दो जनसंख्या नीजि शिक्षालयहरूलाई चुनौती र अवसरका रूपमा रहेको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का केन्द्रीय अध्यक्ष रमेश कुमार सिलवालले दाबी गरेका छन्। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रूपन्देहीको १३औं वार्षिकोत्सव तथा साधारण सभाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष सिलवालले मुख्य चुनौतीका रूपमा जनसंख्या घट्नु रहेको भन्दै यसलाई अवसरका रूपमा पनि लिन सकिने बताए।
जनसंख्या कम हुँदा अभिभावक राम्रो शिक्षा दिन चाहने र त्यसमा नीजि शिक्षालयहरूलाई अवसर बन्ने उनले बताए। नेपाल पहिला भन्ने भावना हरेकबाट शुरु गर्नुपर्ने उनले बताए। ‘नेपालमा केही छैन भन्ने भाष्य चिर्न जरुरी छ,’ – उनले भने। सामाजिक सञ्जालहरूमा केही समूह नै नकारात्मक विषय बिक्ने नाममा निरन्तर प्रचारमा लागेको भन्दै उनले यो गलत भएको बताए। सामाजिक सञ्जाल त समुदायका राम्रो विषयलाई ल्याउनुपर्ने उनले सुझाव दिए। नेपालको शैक्षिक अवस्थामा अवसर र चुनौतीहरू रहेको उनले बताए। शैक्षिक विकाससँगै देशका हरेक क्षेत्रमा विकास भएको उदाहरण दिँदै उनले देशका शासकहरूको सोचमा परिवर्तन आउन नसकेको दाबी गरे। ‘राम्रा र ठूलो विद्यालय कसरी निर्माण गर्ने भन्ने मुख्य चुनौती छ,’ – उनले भने।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले हिसानबाट हरेक शैक्षिक गतिविधिमा सहयोग मिलेको स्मरण गर्दै संस्थागत रूपमा नङमासुको आत्मीय सम्बन्ध रहेको बताए। हिसानबाट कठिन समयमा निजी सम्पत्ति लगाएर गुणस्तरीय शिक्षा दिएर विदेश जाने युवा रोक्न निरन्तर लागेको उनले बताए। हिसान र प्याब्सनको आआफ्नो भूमिका रहेको भन्दै शैक्षिक र संस्थागत विकास र संगठनको विकासमा एकताबद्ध भएर जानुपर्ने सुझाव दिए। शैक्षिक गुणस्तरलाई ध्यान दिनुपर्ने बेला आएको उनले बताए। शिक्षालाई सिप, संस्कार, व्यवहारिक रूपमा लागू हुने गरी जोड्न जरुरी रहेको उनले बताए।
कार्यक्रममा हिसान नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज शर्माले नेपालमा शैक्षिक संस्थाहरूको हकहितमा लाग्न सुझाव दिए। बागमतीका केही विश्वविद्यालयहरू नीति बनाउने काममा लागेको उनले बताउँदै यो आजको आवश्यकता भएको बताए। पाठ्यक्रम निर्माण गर्न सक्ने, पूर्वाधार विकास गर्न सक्ने विश्वविद्यालयबाट आवश्यक पहलमा जोड दिन आग्रह गरे।
कार्यक्रममा हिसान रूपन्देहीका अध्यक्ष दिनेश भुषालले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै हिसानबाट वर्षभरि गरेको कामबारे प्रकाश पारे।कार्यक्रममा अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरि पाण्डे, हिसान रूपन्देहीका सचिव बाबुराम बन्जाडेले गुणस्तरीय शिक्षामा नीजि शिक्षालयहरूको योगदान र चुनौतीबारे बताए। कार्यक्रममा हिसान रूपन्देहीका सल्लाहकार अनन्तराज शर्मा, टुक बहादुर क्षेत्री, दामोदर शर्मा, प्रो रामचन्द्र आचार्य, लोकनाथ उपाध्यायसहित सिगो जिल्ला कार्यसमितिलाई सम्मान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?