ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

प्रकाशमानले भने– गुट–उपगुटले कांग्रेस कमजोर भयो

१३ फाल्गुन २०८१, मंगलवार
१३ फाल्गुन २०८१, मंगलवार

काठमाडौं, १३ फागुन ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गुट–उपगुटले कांग्रेस कमजोर भएको बताएका छन् । कांग्रेस बाँकेले पार्टी कार्यालयमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले अहिले कांग्रेसको मूल ध्येय नै प्राप्त अधिकारको रक्षा गर्नु रहेको उल्लेख गर्दै यसका लागि कांग्रेस नेता कार्यकर्ता जिम्मेवार बन्नुपर्ने बताए ।

सिंहले कांग्रेसभित्र अहिले पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा गुट–उपगुटको स्वार्थलाई केन्द्रमा राख्ने प्रवृत्तिका कारण कांग्रेस कमजोर देखिएको बताए । कांग्रेसलाई बलियो बनाउन पार्टीको नीति, सिद्धान्तका आधारमा अघि बढ्नुपर्ने भन्दै उपप्रधानमन्त्री सिंहले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा हुननहुने भन्दै राजनीतिक संस्कार विर्सन नहुने धारणा राखे ।

उनले इतिहास राम्रो भएर मात्र नहुने भन्दै पार्टीलाई बलियो बनाउन संगठन चुस्तदुरुस्त राख्न सुझाव दिए । अहिले समय छँदा नै पार्टीभित्रका विवाद कांग्रेसकै नेताहरु बसेर मिलाउनुपर्ने भन्दै सिंहले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्ने संस्कार विकास गर्नुपर्ने बताए । अहिले नागरिकले उपभोग गरिरहेको अधिकार त्यसै प्राप्त नभएको भन्दै विगतमा गरेको संघर्ष र त्याग विर्सन नहुने बताए ।

‘कांग्रेस भनेर चिनिएकाहरुले जनताको बीचमा असन्तुष्टि पोखेपछि जनतामा कहाँबाट भरोसा विकसित हुन्छ ?,’ सिंहले भने, ‘हाम्रा संस्थापक नेताहरुको प्रयास, विभिन्न समयमा केन्द्रीय स्तरका नेता र कार्यकर्ताको त्यागपश्चात् जनताले अधिकार प्राप्त गरेका छन् । त्यसका लागि ठुलो संघर्ष र त्याग भएको छ । लामो समयको संघर्ष र हजारौंको त्यागबाट अधिकार जनताकोमा आइपुगेको कुरा बिर्सनु भएन ।’

सिंहले प्राप्त अधिकारका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दियौं भने प्राप्त अधिकार गुम्न सक्ने भन्दै त्यस्तो अवस्था आए देश नयाँ अस्थिरतामा जान्छ भन्ने कुरा ख्याल गर्न पनि आग्रह गरे । उनले पछिल्लो निर्वाचनपछि सरकार अस्थिर हुँदा नागरिकको विकास र समृद्धिको चाहना संकटमा परेपछि नागरिकले स्थिर सरकार बनोस् भन्ने चाहना राखेकाले अहिलेको सरकार बनेको सिंहले प्रष्ट पारे । ‘प्राप्त अधिकारलाई सुरक्षित गर्दै राजनीतिक स्थिरताको जगमा हरेक नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन अब आर्थिक सम्पन्नताको बाटोमा देशलाई डोर्याउनुपर्छ,’ उनले भने । उपप्रधानमन्त्री सिंहले आज नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा सहरी विकास मन्त्रालयअन्तर्गत बनेको सिटी हलको उद्घाटन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?