ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

रिजन–५ का ३७ क्लबले रोटरी डे मनाउदै

१० फाल्गुन २०८१, शनिबार
१० फाल्गुन २०८१, शनिबार

बुटवल, १० फागुन ।
रोटरी आरआई डिष्ट्रिक ३२९२ नेपाल–भुटान रिजन ५ अन्तरगतका रोटरी क्लबहरुले रोटरी दिवस सामुहिक रुपमा मनाउने भएका छन । रिजन ५ अन्तरगतका ३७ क्लबहरुको आयोजनामा २३ फेब्रअरी आईतबार सम्पदा दौड हेरिटेज वाक तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाउने भएको हो ।

शनिबार पत्रकार सम्मेलन गरि रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले समुदायमा रोटरीको आफनो छुटटै पहिचान रहेको बताए । रिजन ५ अन्तरगत रहेका ३७ क्लबहरुको संयुक्त आयोजनामा आईतबार बिहान गणेशथानदेखि जितगढिसम्म हेरिटेड वाक कार्यक्रम गर्ने तयारी भएको बताए । रोटरी क्लबहरुबिचमा रहेको एकतामार्फत संस्कृति जर्गेनाको सन्देश दिने गरि कार्यक्रम गर्न लागेको उनले बताए । रोटरीमार्फत साक्षरता अभियान हुँदै पछिल्लोसमय प्रविधिमैत्री शिक्षा दिने गरि कम्प्युटर ल्याब सहयोगसम्मको कार्यक्रम गर्दै आएको उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ सिद्धार्थ लुम्बिनीका अध्यक्ष तथा कार्यक्रम संयोजक ओम जैसीले समाजसेवाको मुलमन्त्र बोकेको रोटरी भाईचारा र नेतृत्व विकास गर्न मद्यत मिल्ने गरि काम गर्दै आएको बताए । समुदायस्तरमा सचेतनामुलक कार्यक्रम, शिक्षाका परियोजना, स्वस्थ्य परियोजना र खानेपानीका धेरै कामहरु सफल रहेको उनले बताए । बुटवलमा रोटरीमार्फत गौतमबुद्घ मुटु अस्पताल स्थापना गरेर धेरै बिरामीहरुको सेवा गर्न सफल भएको भन्दै उनले मृगौला बिरामीलाई डायलासिस र मुटु बिरामीलाई क्याथ ल्याब जस्ता सुविधाहरु दिन सफल रहेको उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष शिव ज्ञवालीले रोटरीको कामप्रति आम नागरिकको बुझाइ सकारात्मक रहेको बताए । यस क्षेत्रका रोटरीयनहरुबाट नमुना सामुहिक परियोजना ल्याउने सफल भएको भन्दै उनले शिक्षा र स्वस्थ्यको क्षेत्रमा नेपालमा नै उत्कृष्ट काम भएको बताए । ग्रामिण क्षेत्रका महिलाहरुलाई शसक्तिकरण गर्ने गरि आयमुलक तालिममा आवद्धता गराउन सफल भएको उनले बताए । समुदायमा धेरै काम गरेको भएपनि त्यो बाहिर आउन नसकेको उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष प्रमोद पन्थीले रोटरी भिलेज घोषणा गरि त्यो क्षेत्रका नागरिकको शिक्षा, स्वस्थ्य र जिवनस्तर सुधार गर्नेसम्मका काम गर्दै आएको छ । यसैगरि रोटा इयर २०/२५ मा शिक्षा, स्वस्थ्य, खानेपानी, वातावरण लगायतका क्षेत्रमा गरिएको कार्यक्रमबारे प्रकाश पारे ।

कार्यक्रममा रोटरी क्लब अफ क्यापिटल बुटवल का अध्यक्ष विजय खनाल, रोटरी क्लब अफ बुुटवल सेन्ट्रल बुटवलका अध्यक्ष दिनेश रेग्मीले बालबालिका र मातृत्वमा समेत योगदान दिदै आएको बताए । पछिल्लोसमय शहरमा सुविधासम्पन्न सडक बनेको तर ट्वाईलेटको अभाव हुदा त्यसमा अबको योजना ल्याउनुपर्ने उनले बताए । रिजन ५ अन्तरगतको कावासोसीदेखि धनगढीसम्मको एरिया पर्छ । डिष्ट्रिक अन्तरगत नेपालका रहेका १४४ वटा क्लबहरुले आफना गतिविधि गर्दै आएका छन भने २०८ वटा राष्ट्रमा रोटरी स्थापना भएका छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?