© २०२३
बुटवल, ९ फागुन ।
स्कलर्स होम बोर्डिङ स्कुलमा बाल प्रतिभा महोत्सव कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक गुणस्तरका साथै अतिरिक्त क्रियाकलापमा नाम कमाएको विद्यालयमा विविध सास्कृतिक कार्यक्रम, फेस आर्ट, तेक्वाण्डो प्रदर्शन, खाना, पुस्तक तथा बिज्ञान प्रदर्शनीसहितको बाल महोत्सव गरिएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनहरी बस्याल, बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष प्रदीप कुमार श्रेष्ठ, प्राचार्य बाबुराम बञ्जाडेले कक्षा पि.जी.देखि यु.के.जी.सम्मका झण्डै एक सय बढी हजुरबुबा/हजुरआमा सम्मान कार्यक्रम अन्तरगत जेष्ठ सदस्य ८५ वर्षीय हजुरबुबा श्यामलाल अर्याल, हजुरआमा ७३ वर्षीय चन्द्रकला खत्रीलाई विशेष सम्मान गरेका थिए ।
कार्यक्रममा वडाअध्यक्ष प्रदीप कुमार श्रेष्ठले संस्कारसहितको शिक्षा प्रदान गर्न नगरभित्रका विद्यालयहरुमध्ये स्कलर्सको योगदान महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य बाबुराम बञ्जाडेले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान सिकाउने मात्र नभई संस्कारसहितको शिक्षा सिकाउने गरि विविध रचनात्मक कार्यक्रमलाई जोड दिदै आएको बताए ।
कार्यक्रममा सहप्राध्यापक टीकाराम गौतम, सांस्कृतिक संयोजक दिलकुमारी उपाध्याय, प्रा.वि.संयोजक कमला पाण्डे, मा.विं संयोजक शोभारानी प्रधान, अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्री, सावित्रा पन्थी, नेत्रप्रसाद भट्टराई, सिर्जना गौतमले विभिन्न कार्यक्रमको सहजिकरण गरेका थिए । यसैगरि विज्ञान शिक्षक प्रदीप देवकोटा, एलिना वर्माको संयोजनमा विद्यार्थीलाई विज्ञान प्रयोगशालामा सामग्री प्रदर्शनीमा करीब ८ सय विद्यार्थीहरु सहभागि भएका थिए ।