ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रारम्भ

९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार
दाङ, ९ फागुन –
लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो अध्ययनस्थल अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको औपचारिक शुभारम्भ गरेका छन।
सामाजिक विकास मन्त्रालयको आयोजनामा सुरु गरिएको यो अभियानले प्रदेशका विद्यालयहरूमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीलाई परिचालन गर्ने लक्ष्य लिएको छ। अभियानअन्तर्गत मुख्यमन्त्री आचार्यले आफ्ना बुवा-आमाको स्मृतिमा एक लाख ११ हजार एक सय ११ रुपैयाँको ‘टिकाराम-तारादेवी अक्षयकोष’ स्थापना गर्नुभएको छ। यस कोषको ब्याजबाट दलित जेहन्दार विद्यार्थीलाई वार्षिक रूपमा पुरस्कृत गरिनेछ। साथै, उहाँले अभियानका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्दै कार्यक्रमको थालनी गरेका छन।
मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न पूर्वविद्यार्थीहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै भने, “सामुदायिक विद्यालयहरूलाई नमुना बनाउने यो अभियान कोसेढुंगा सावित हुनेछ।”
सामुदायिक विद्यालय सुधारका लागि दीर्घकालीन योजना
प्रदेशभरका १७ विद्यालयबाट एकसाथ अभियानको शुभारम्भ गरिएको छ। मुख्यमन्त्री आचार्यका अनुसार ७१ प्रतिशत बालबालिकाको पहिलो रोजाइ बन्न सफल सामुदायिक विद्यालयमा अझ विश्वास बढाउन आवश्यक छ। प्रदेश सरकारले चालू आवको नीति तथा कार्यक्रममा अभियानलाई विशेष प्राथमिकता दिएको छ।
लुम्बिनी प्रदेशमा कुल ६ हजार ३ सय४० विद्यालयमध्ये ४ हजार ५ सय३१ सामुदायिक विद्यालय छन्, जहाँ १२ लाख ८८ हजार २९८ विद्यार्थी अध्ययनरत छन्। तीमध्ये ९ लाख २५ हजार ६२९ विद्यार्थी सामुदायिक विद्यालयमा छन्।
२०८० सालको एसईई परीक्षामा सहभागी ८० हजार २२७ विद्यार्थीमध्ये मात्र ३१ हजार १०३ जना ग्रेडेड भएका थिए, जसअनुसार सफलता दर ३८.७२ प्रतिशत मात्र देखिएको थियो। राष्ट्रिय औसत ४७.८७ प्रतिशत हुँदा लुम्बिनी प्रदेशको नतिजा कमजोर रहेको देखिएको छ।
प्रदेशभरका सामुदायिक विद्यालयमा सुधार आवश्यक देखिएकाले यो अभियान थालिएको हो। प्रदेशका ४५.५७ प्रतिशत सामुदायिक विद्यालयमा १०० भन्दा कम विद्यार्थी छन्। विगतमा समुदायले अपनत्व लिएका विद्यालयमा आज संलग्नता कमजोर बन्दै गएको छ, जसलाई पुनः सशक्त बनाउन यो अभियान महत्वपूर्ण हुने विश्वास लिइएको छ।
शिक्षा सुधारका लागि बहुआयामिक कार्यक्रमहरू
अभियानअन्तर्गत विद्यालय व्यवस्थापन, सामाजिक जागरुकता, आर्थिक स्रोत परिचालन, भौतिक सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि विभिन्न गतिविधिहरू सञ्चालन गरिने भएको छ।
यस अभियानले शिक्षाबाट बञ्चित वर्गलाई मुख्यधारमा ल्याउन आर्थिक तथा भौतिक सहयोग जुटाउनेछ। साथै विभिन्न शैक्षिक प्रतियोगिताहरूको आयोजना,छात्रवृत्ति कोष स्थापना,,सूचना प्रविधि सामग्री हस्तान्तरण,,व्यावसायिक मार्गदर्शन कार्यक्रमहरू सञ्चालन गरिने
विद्यालयमा खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई प्रवर्द्धन गर्ने, सामाजिक विभेद, बालविवाह, घरेलु हिंसा, किशोरावस्थाका चुनौतीहरू तथा लागूपदार्थ दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।
सामुदायिक विद्यालय सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम रायमाझी, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बावुराम अर्याल, सामाजिक विकास मन्त्रालयका वरिष्ठ उपसचिव शारदा बस्याल, पूर्वप्रधानाध्यापक सालिकराम भुसाल, पूर्वविद्यार्थी कृष्णप्रसाद भुसाल तथा अन्य विशिष्ट व्यक्तिहरूले सहभागिता जनाएका थिए।
उनीहरूले सामुदायिक विद्यालय सुधारका लागि पूर्वविद्यार्थीहरूको योगदान आवश्यक रहेको उल्लेख गर्दै ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?