© २०२३
बुटवल, ९ फागुन ।
सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउने उदेश्यका साथ बुटवलको पुरानो मध्येको एक ज्ञानोदय माबिलाई रोटरी कम्प्युटर ल्याब हस्तान्तरण गरिएको छ । आरआई डिष्ट्रिक ३२९२ फण्डमार्फत रोटरी क्लब अफ बुटवलले विहिबार ज्ञानोदय माबिलाई रोटरी कम्युटर ल्याब स्थापना गरि हस्तान्तरण गरिएको हो । एक समारोहका बिच आरआई डिष्ट्रिक ३२९२ का राजेन्द्रमान शेरचनले ३१ थान कम्युटर, स्मार्ट बोर्ड, सर्भरसहितको ल्याबको औपचारिक रुपमा उद्घाटन गर्दै युग अनुसारको शिक्षा प्रदान गर्न मद्यत मिल्ने बताए । रोटरीको मुलमत्र अनुसार शिक्षा, स्वस्थ्य, सरसफाई लगायत सात क्षेत्रमा काम गर्दै आएको भन्दै उनले आधुनिक शिक्षाप्रणालीलाई अवलम्बन हुने गरि सामुदायिक विद्यालयहरुमा सहयोग भएको बताए ।
बुटवलकै पुरानो र न्युन आय भएका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै आएको विद्यालयलाई छनौट गरि प्रविधिमैत्री शिक्षा प्रदान गर्न उपयोगी हुने गरि परियोजना ल्याउन सफल भएको क्लबका अध्यक्ष प्रज्वल थान्जुले बताए । आगामी दिनमा समेत यस्ता कार्यक्रममार्फत सामुदायिक विद्यालयहरुलाई जोड्ने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुर कार्कीले सरकारको लगानीबाट मात्र शैक्षिक विकास गर्न सामुदायिक विद्यालयहरुलाई कठिन रहेको दुखेसो गरे । समुदायमा पछि परेको बालबालिकाहरुलाई प्रविधि र युग अनुसारको शिक्षा प्रदान गर्न सामाजिक संघसंस्थाहरुको सहयोग निरन्तर जरुरी रहेको उनले बताए ।
कार्यक्रममा निर्वतमान डिजि राजेन्द्र ध्वजु, एजी खिमानन्द पाण्डे, क्लबका पूर्वअध्यक्ष हरि प्रसाद पौडेलले शुभकामना दिएका थिए । विद्यालयमा कक्षा नर्सरीदखि कक्षा १२ सम्म ९ सय विद्यार्थीहरु अध्ययरत तथा ३५ जना शिक्षक, कर्मचारी कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक टिकाराम शर्माले बताए ।