ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी

एक लाख पुरस्कार जित्ने शाइन रेसुंगा राष्ट्रिय दौडमा नाम दर्ता गराउने म्याद शुक्रबारसम्म

८ फाल्गुन २०८१, बिहीबार
८ फाल्गुन २०८१, बिहीबार

बुटवल ।

सर्वाधिक राशिको ‘शाइन रेसुंगा राष्ट्रिय टेन के रन’ ९ दौड प्रतियोगिता ० मा भाग लिन नाम दर्ता गराउने म्याद भोलि शुक्रबार दिउसोसम्म बांकी रहेको छ ।

बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा फागुनको ११ गते बिहान ७ बजे आयोजना हुने दौड प्रतियोगिताको लागि शुक्रबार (भोलि) दिउसो १२ बजेसम्म अनलाइनबाट वा बैंकको केन्द्रीय कार्यालय बुटवलमा पुगेर फर्म भरी नाम दर्ता गराउन सकिने बैंकले जनाएको छ ।

बिहीबारसम्म नाम दर्ता उत्साहजनक रहेको र कार्यक्रमलाई भब्य बनाउन धेरै भन्दा धेरै धावक सहभागी होउन् भन्ने बैंकको उद्देश्य रहेको प्रमुख पकार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । ‘रन टु साइन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा राष्ट्रियस्तरको महिला÷पुरुष खुला, स्थानीय र ५० वर्षमाथि गरी तीन विधा समावेश गरिएको छ । प्रतियोगिताको पुरस्कार राशि पाँच लाख रुपैयाँ रहेको छ । खुलातर्फको महिला÷पुरुष विजेताले एक–एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

एथलेटिक्सको १० किलोमिटर विधामा राखिएको यो पुरस्कार रकम नेपालकै सर्वाधिक रकम हो । खुलातर्फ दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौं हुने धावकले १० हजार रुपैयाँ प्राप्त गर्नेछ। स्थानीय र ५० वर्षमाथिको विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले पाँच हजार, चौथोले २५ सय रुपैयाँसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन्। इच्छुक सहभागीले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वेबसाइटमा गएर निःशुल्क नाम दर्ता गर्न सक्नेछन् । बुटवलस्थित बैंकको केन्द्रीय कार्यालयमा समेत भौतिक रूपमा फारम भरी नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

बुटवल कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट फागुन ११ गते बिहान ७ बजे सुरु हुने दौड मणिग्राम चोकमा पुगेर पुनः केन्द्रीय कार्यालय परिसरमै आई समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिताको अपरेसन र व्यवस्थापन कखरा इभेन्टले गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले खेलकुदमार्फत समाज र राष्ट्रलाई योगदान पु¥याउने उद्देश्य अनुरूप दौड प्रतियोगिताको आयोजना गर्न लागिएको र यसमा धेरै भन्दा धेरै धावकको सहभागिताको अपेक्षा गरिएको बताए। ‘विभिन्न सामाजिक क्रियाकलापमा बैंकको भूमिका अग्रणी नै रहँदै आएको छ, राष्ट्रियस्तरको यो दौड प्रतियोगितामा पनि स्थानीय देखि देशभरका धावक सहभागी गराएर खेलकुद र समाजप्रति उत्तरदायित्व नयां ढंगले पूरा गर्ने अवसरको रूपमा लिएका छौं’ –पौडेलले भने–‘यो दौड प्रतियोगिता सबैको उत्सव होस् भन्ने हाम्रो अपेक्षा छ ।’

बैंकका अनुसार बिहीबारसम्म करिब एकहजारजनाले नाम दर्ता गराएका छन् । प्रतियोगिताको व्यवस्थापन जिम्मा लिएको कखरा इभेन्टले ५ हजार जना सम्मले भाग लिए पनि व्यवस्थापन गर्ने गरी तयारी भएको जनाएको छ । प्रतियोगिताको सद्भावना दुतमा बैकुण्ठ मानन्धर नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?