Butwal Today

काभ्रेमा जन्ती बोकेको बस २०० मिटर तल खस्यो, एक जनाको मृत्यु

८ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

काभ्रे ,८ फागुन।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ कुण्डोलमा बस दुर्घटना भएको छ। जन्ती तेमाल पुर्‍याएर धादिङ फर्कने क्रममा ना४ख ८८१७ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा तेमाल-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा बसका चालक, मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

प्रहरी चौकी पचुवारघाटका हवल्दार शम्भु बोहोराले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?