© २०२३
काठमाडौं।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ का पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। उक्त परीक्षा आगामी वैशाख २६ गतेदेखि सुरु हुने छ।
कार्यालयले साधारणतर्फ रजिष्ट्रेशन नम्बरको सुरुका दुई अङ्क ५६ देखि ७७ र प्राविधिकतर्फको सुरुका दुई अङ्क ७३ देखि ७८ भएका परीक्षार्थीहरूको परीक्षा तालिका सार्वजनिक गरेको हो। यी परीक्षाहरू बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछन्।
