ट्रेंडिंग:

>> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय

दोस्रो मेयर कप फुटबलको तयारी पुरा

४ फाल्गुन २०८१, आइतबार
४ फाल्गुन २०८१, आइतबार

बुटवल, ४ फागुन ।
फुटबल खेल र खेलाडीहरुको विकास गर्ने उदेश्यका साथ बुटवलमा अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र नगर खेलकुद विकास समितिको आयोजनामा विद्यालयस्तरीय दोस्रो मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता २०८१ सोमबारदेखी शुरु हुने भएको हो । बुटवल उपमहानगरपालिकाको सभाहलमा आईतबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पुरा भएको नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बताए । प्रतियोगिताको छात्रतर्फको उपाधि विजेताले नगद १ लाख रुपैया तथा उपविजेता टिमले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि छात्रातर्फ उपाधि विजेताले नगद ५० हजार रुपैया तथा उपविजेता टिमले ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्रतियोगितामा विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले खेल पूर्वाधार र विकासमा फड्को मार्ने गरि लगानी गरेको दाबी गरे । ‘खेलकुद हब बनाउने गरि योजनासहित खेल पूर्वाधार विकास भएको छ ।’– उनले भने । संघिय र प्रदेश सरकारको सहयोगमा नगरभित्र धेरै नया पुर्वाधार र पुराना खेलमैदानलाई मर्मत सम्हारको काम भैरहेको उनले बताए । रुपन्देहीकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आयोजना गर्न ४० लाख रुपैया तथा राष्ट्रिय लनटेनिस प्रतियोगिता आयोजनका लागि १२ लाख रुपैया बजेट बिनियोजना गरेको उनले बताए । यसैगरि एन्फा एकेडेमीमा १३ वर्ष मुनि युवा खेलाडी उत्पादनमा समेत लगानी गरिरहेको उनले बताए । यसका साथै खेलाडी, प्रशिक्षक, पत्रकार सम्मानका कार्यक्रम गरि थप प्रोत्साहनका कार्यक्रम समेत नगरबाट भैरहेको उनले बताए ।

कार्यक्रममा प्रतियोगिताका म्याच कमिश्नर हरि प्रसाद श्रेष्ठले बुटवल १२, चारपाला खेलमैदान तामनगर र बुटवल १३ जबई खेलमैदानमा गरि दुई स्थानमा प्रतियोगिता हुने बताए । प्रतियोगिता आयोजना हुने मैदान मर्मत र रंगरोगन, रेफ्री र टिम दर्ता लगायतका सबै काम पुरा भएको उनले बताए । प्रतियोगितामा छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालयहरुले भाग लिदैछन । सात दिन संचालन हुने प्रतियोगितामा १८ लाख खर्च हुने अनुमान रहेको उनले बताए । पहिलो संस्करणमा अक्सफोर्ड मावि प्रतियोगिताको विजेता रहेको थियो ।

 

जितेश्वरी माबि र उजिरसिह माबि बिच उद्घाटन खेल हुने

चारपाला खेलमैदानमा जितेश्वरी माबि उजिरसिह माबिका बिचमा उद्घाटन खेल हुने छ । यसैगरि कान्ति माबि र एभरेष्ट माबि बिच दोस्रो खेल तथा क्यानन माबि र कालिका मानव ज्ञान माबिका बिचमा तेस्रो खेल हुने छ । यसैगरि सोमबार नै जबई खेलमैदानमा ज्ञानपुन्ज माबि र नहरपुर माबि तथा मोतिपुर माबि र तिलोत्तमा माबिका बिचमा खेल हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?