© २०२३
बुटवल, ३ फागुन ।
बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ को सेमीफाईनल समिकरण पुरा भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा शनिबार भएको अन्तिम क्वाटरफाईनल खेलमा सियारी गाउपालिका विजयी हुदै अन्तिम चारमा स्थान बनाएसंगै सेमीफाईनल समिकरण पुरा भएको हो ।
सियारीले द एक्स लिजेण्डलाई ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको छ । सियारीले सोमबार हुने दोस्रो सेमीफाईनलमा देवदह ब्याईजसंग सामना गर्नेछ । सिद्धेश्वर खेल मैदानमा भएको निक्कै प्रतिस्प्रधात्मक खेलमा सियारीको जितमा बलराम न्यौपानेले २, संगम सोमरे र सुवास नेपालीले १–१ गोल गरे । द एक्सका रन्जित थापाले २ तथा धिरज थापाले एक गोल गरे पनि खेलमा जित निकाल्न सकेन । सियारीका बलराम न्यौपाने खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको आईतबार हुने पहिलो सेमीफाईनलमा आयोजक लखन ब्रदर्श सेतो र सम्पूर्ण युवा क्लब सुपौली बिचमा खेल हुने क्लबका सचिव निरन्जन पन्तले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।