© २०२३
गोरखपुर,०३ फागुन ।
गोरखपुर स्थित आनन्दलोक अस्पतालमा सुनौली (नेपाल बोर्डर) भारत निवासी ४० वर्षीया महिला सीमा शर्मा (नाम परिवर्तन) का ५.५किलोग्रामको पाठेघरको ट्युमरको सफल शल्यक्रिया गरेका छन् । उक्त अस्पतालका गोल्ड मेडलिष्ट सर्जन डा. आनन्द कुमार अग्रवालको टिमले विश्वकै नविनतम प्रबिधि हालमियम लेजर प्रबिधिद्धारा बिरामीको इमरजेन्सी अप्रेशन सफलता पूर्वक गरेका छन् ।
बिरामी सीमा शर्मा (नाम परिवर्तन) विगत केही समय देखि उक्त रोगबाट पीडित भएकी थिइन । अहिले उनको अबस्था सामान्य रूपमा आएको र उक्त्त जटिल रोगको उपचार धेरै ठाउँमा हुन नसकेको अबस्थामा आनन्दलोक अस्पतालमा भएकामा खुसी व्यक्त गरेको कुरा अस्पतालले जनाएको छ ।