© २०२३
काठमाडौं, ०३ फागुन ।
नेपालकै सबैभन्दा ठुलो र नं. १ ब्राण्ड सि.जीले १०० मेगास्क्रिन टि.भि नेपाली बजारमा भित्र्याएको छ । कम्पनीका अनुसार सि.जी ब्राण्डको टि.भि नेपालकै पहिलो गुगल प्रमाणित टिभी हो र सो टि.भि नेपालकै सबैभन्दा ठुलो र पहिलो १०० मेगास्क्रिन टि.भि हो । यसमा ६०ध्को २.१.२ साउन्ड सिस्टम जडान गरिएको छ जसमा ५ वाटको २ वटा टप फायरिङ स्पिकर, एउटा २० वाटको सबवुफर अनि २ वटा १५ वाटको डाउन फायरिङ स्पिकर रहेको छ । टि.भीमा रहेको डोल्बि एटमोस सिनेम्याटिक साउन्डको प्रयोगले ग्राहकहरूलाई मल्टि डाइमेन्सनल साउन्डको अनुभुति गराउँछ । जसले टेलिभिजनमा चलचित्र, खेल हेर्दा वास्तविक रोमाञ्चक अनुभव दिनेछ साथै निर्बाध गेमिङ प्रोफोर्मेन्स, जस्मा गेम पिक्चर मोड र एमिङ एड जस्ता सुविधाहरूले अद्भुत गेमिङ अनुभव प्रदान गर्नेछ ।