© २०२३
बुटवल, २९ माघ । बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा सम्पूर्ण युवा क्लब सुपौली विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा मंगलबार भएको खेलमा फसार्टिकर युवा क्लब फर्साटिकरलाई १–० गोल अन्तरले पराजित गर्दै सम्पूर्ण युवा क्लब सुपौली अन्तिम आठमा स्थान बनाएको हो ।
सिद्घेश्वर खेल मैदानमा भएको पहिलो चरणको अन्तिम खेलमा शुरुवातबाट दुबै टिमका खेलाडीहरु आक्रमक खेल प्रस्तुत गरेका थियो । खेलको १७ औ मिनेटमा फर्साटिकरका टिकाराज गुरुङको उत्कृष्ट क्रसलाई वीर बहादुर थारुको हेड गरे तर बल बारभन्दा माथिबाट बाहिरियो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दुबै टिमबाट आधा दर्जन बढी प्रहारहरु भएका थिए । खेलको ५५ औ मिनेटमा सम्पुर्णका रोहन केसीले निर्णायक गोल गरे । फर्साटिकरबाट धेरै प्रयासहरु भएपनि गोल हुन सकेन । खेलमा सम्पुर्णका गोलिकिपर राजन राना म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको पहिलो क्वाटरफाईनल खेल बुधबार आयोजक सेतो र शिवनगर परिवार बिच हुने क्लबका सचिव निरन्जन पन्तले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन । निशुल्क प्रवेशको ब्यवस्था रहेको मैदानमा प्रतियोगिता हेर्ने दर्शकहरु दिनदिनै बढदो रहेको उनले बताए ।