© २०२३
रुकुम पश्चिम , २९ माघ । जनयुद्ध दिवस मनाउन रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ। पालिकाले एक सार्वजनिक सूचना जारी गरी गाउँपालिकाले सशस्त्र युद्धको स्मरण र सहिदहरुप्रति सम्मानका लागि एक दिन बिदा दिने निर्णय गरिएको जनाएको हो।
यही माघ २७ गते बसेको गाउँकार्यपालिकाको १० औँ बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा जनाइएको छ। फागुन १ गते गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू र अर्ध तथा गैरसरकारी संघ संस्थाका कार्यालयहरू तथा शैक्षिक संस्थाहरू समेत बन्द हुने गाउँपालिको सूचनामा उल्लेख छ। जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ।
सर्वोच्च अदालतले गत वर्ष पुस १३ मा जनयुद्ध दिवसमा विदा दिने निर्णय खारेज गरेको थियो । भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल९प्रचण्ड० प्रधानमन्त्री हुँदा जनयुद्ध दिवसमा विदा दिने निर्णय गरेको थियो । सर्वोच्चले खारेज गरेको उक्त विदा माओवादी केन्द्रले नेतृत्व गरेका रुकुम पश्चिमका कतिपय स्थानीय तहले उक्त दिन सार्वजनिक विदा दिदैं आएका छन्।