© २०२३
बुटवल, २९ माघ । बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा द एक्स लिजेन्ड विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा सोमबार भएको खेलमा विग बुद्ध क्लब सुनवललाई सडेन डेथमा पराजित गर्दै द एक्स लिजेण्ड बुटवल अन्तिम आठमा स्थान बनाएको हो ।
सिद्घेश्वर खेल मैदानमा भएको खेलको १८ औ मिनेटमा बिग बुद्धका बिमल मगरले गोल गर्दै खेलमा टिमलाई अग्रता दिलाए । निक्कै प्रतिप्रर्धात्मक खेलको ४६ औ मिनेटमा द एक्सका गोबिन्द थापाले गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समय बराबरी भएपनि खेल ट्राईबेकरमा धकेलियो । ट्राईबेकरमा पनि बराबरी भएपनि खेल सडेन डेथमा निर्णय लिदा द एक्सका गोलकिपरले विपक्षी टिमको प्रहारलाई रोक्दै टिमलाई विजयी बनाउन सफल भए । खेलमा द एक्सका गोलकिपर युगल थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
मंगलबार रोमान्चक खेलमा सम्पूर्ण युवा क्लब सुपौली र फसार्टिकर युवा क्लब फर्साटिकर बिचमा खेल हुने संयोजक राम बहादुर थापाले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।