रूपन्देही, २८ माघ ।
रूपन्देही जिल्लाको सुप्रिम सहकारीमा रकम अपचलन गरेको भन्दै पूर्व डिआइजी छविलाल जोसी बन्जाडेलाइ जिल्ला अदालत रूपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
जिल्ला अदालत रूपन्देहीका माननीय न्यायाधीश श्री बसिस्ठ कुमार घिमिरेको इजलासले छबिलाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनुभएको जिल्ला अदालत रूपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए । पछि ठहर बमोजिम हुने गरि अहिलेलाई थुनामा पठाउने आदेश आएको ज्ञवालीले बताए ।
आज भएको थुन छेक बहसमा सरकारी वकिल कार्यालयका प्रमुख प्रेम राज पौडेल, सहायक न्यायधिबक्ता गोकर्ण राज घिमिरेले बहस गरेका थिए । त्यसैगरी छबिलालको पक्षबाट अधिबक्ता अपूर्व खतिवडा, अधिबक्ता मनोज कुमार चौधरी लगायतले बहस गरेका थिए ।
सुप्रिम सहकारीको रकम अपचलनमा सरकारी वकिलको कार्यालय रूपन्देहीले १० करोड ९९ लाख ३६ हजार बिगो माग दाबी गरेको थियो । छबिलाल पूर्व डिआइजी तथा गोर्खा मिडियाका पूर्व सन्चालक समेत हुन्