© २०२३
बुटवल, २८ माघ । सामाजिक क्षेत्रमा अग्रसर स्वर्गिय रबि गौतमको स्मृतिमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा चौराह हस्पिटल प्रालिले रक्तदान कार्यक्रम गरेको हो ।
एक समारोहका बिच अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले पहिलो रक्तदाता शंकर भट्टराईलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरे । दुर्घटनामा ज्यान गुमाएका अस्पतालका पूर्व कर्मचारी समेत रहेका स्व.रवि गौतमको स्मृतिमा रक्तदान कार्यक्रम गर्दै आएको अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले बताए । स्वस्थ्य सेवासंगै सामाजिक उत्तरदायित्वमा अग्रसर रहेको अस्पतालबाट यसबाहेक विकट क्षेत्रमा स्वास्थ्य शिविर, सचेतना कार्यक्रमहरु समेत गर्दै आएको उनले बताए । रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन गरिएको उनले बताए ।
यसैबिच स्वर्गिय गौतमका धर्मपत्नी मिना अर्यालले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्दै सामाजिक कार्यमा सबैको सहकार्य जरुरी रहने बताईन ।