© २०२३
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली संविधान खारेज गर्ने पक्षमा रहेको आरोप लगाएका छन् ।
सोमबार जनकपुर बिमानस्थलमा पत्रकारसंग कुरा गर्दै प्रचण्डले मुलुकमा प्राप्त परिवर्तनका साथै संविधान नै खारेज गर्ने पक्षमा प्रधानमन्त्री ओली रहेको आरोप लगाएका हुन् ।
बिगतमा दुई–दुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि संविधान खारेजीको प्रयास भएको उनले बताए । उनले देश र जनताको आवश्यकताका आधारमा आफुले संविधान संशोधनको प्रस्ताव लैजादा ओलीले नै रोकेको जिकिर गरे । मधेशमा भएका दलको माग अनुसार यसअघि पनि आफुले संविधान संशोधनको प्रयास गरेको उनले बताए ।
प्रचण्डले आफ्नो मुद्दा छाडेर जसपा नेपालले अध्यादेशलाई समर्थन नगर्ने र सरकारमा नजाने विश्वास व्यक्त गरे । अहिलको सरकार सुशासनको बिरुद्ध चलेको अभियान रोक्नका लागि बनेको भन्दै उनले सरकारबाट राम्रा कुराको आशा गर्न नसकिने बताए ।