© 2026
बुटवल, २६ माघ। क्यान्सर रोगबारे सचेतना दिने गरि रुपन्देहीमा एकदिने सचेतनामुलक कार्यक्रम गरिएको छ । सिद्धार्थनगर नगरपालिकाको सहयोगमा जगर्श ग्रुप, भैरहवाको आयोजनामा शनिबार एक दिने सचेतना एवं परामर्श कार्यक्रम गरिएको हो । सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा रोशन प्रजापति र डा. सृष्टि श्रेष्ठले क्यान्सर रोग, लक्षण र यसको निवारणबारे प्रस्तुति दिएका थिए ।
कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा रोशन प्रजापतिले समयमा नै क्यान्सरको पहिचान गरि जराबाट नै फ्याक्न सके त्यो सहि निदान हुने बताए । विश्वमा नै स्तन क्यान्सर र छातीको क्यान्सर धेरै प्रतिशतमा देखिएको भन्दै उनले उमेर बढ्दै जाने, महिनावारी कम उमेरमा वा बढि उमेरसम्म हुने महिलाहरुमा, वंशाणुगत, बच्चालाई स्तनपान नगराउने महिला, लामोसमयसम्म हर्मोन प्रयोग गर्ने महिलामा स्तन क्यान्सरको सम्भावना बढि हुने बताए । स्तन क्यान्सर पत्ता लगाउने चिकित्सक स्वयं आफू नै हुने तर्क दिदै उनले स्तनमा गिर्खा देखिने र अन्य लक्षणहरु हुनासाथ उपचारमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा डा. सृष्टि श्रेष्ठ (प्रजापति) ले पाठेघरको मुखको क्यान्सरको बारेमा प्रस्तुति दिदै यो अहिलेको जल्दोबल्दो विषय भएको बताए । पाठेघरमा एब नरमल सेल्सहरु बढ्ने प्रक्रियालाई क्यान्सर मानिने उनले बताईन । विश्वभरमा ६ लाख बढीमा यो देखिएको जुन ३.३ प्रतिशत र जसबाट ३.५ लाखमा जना मृत्युवरण गर्ने संख्याबाट नै भयाभव भन्दै गरेको बुझाउने उनले तर्क गरिन । ‘मृत्युको कारण बन्नेमा ९ औ स्थानमा, महिलामा देखिने चौथो बढि रोगमा यो पर्छ ।’– उनले भनिन । यो रोग पछिल्लोसमय उग्र रुपमा बढ्दो भएको उनले बताईन । नेपालमा हेर्दा २ हजार भन्दा बढी वर्षेनी नया भेटिएको उनले बताईन । पहिलो स्टेजमा देखिँदा अस्पतालमा आउने महिलाको संख्या ५ प्रतिशत भन्दा पनि कम रहेको उनले बताईन । धेरै ढिला भएर अस्पतालमा आउने प्रवृत्ति नेपालमा रहदा उपचारमा कठिनाई हुने उनले बताईन । महिनाबारी रोकिसकेको महिलामा रगत देखिएमा, यौन सम्पर्क पछि रगत बग्ने, महिनावारीको समयभन्दा फरक समयमा पनि रगत बग्ने जस्ता अवस्था क्यान्सरको सम्भावना हुने उनले बताईन । क्यान्सरका दुई सय बढि भाईरसहरु भएपनि ह्युमन प्याथोलामा भाईरस (एचपिभि) भाईरस कै कारण ९० प्रतिशत भन्दा बढि पाठेघरको क्यान्सर हुने उनले बताईन । विशेष गरि ईम्युनिटी कमजोर हुने, धुमपान, चिकित्सकको सरसल्लाह बिना र परामर्शबिना बर्थ कन्ट्रोल पिल्स (हर्मोनको बढि प्रयोग), बच्चा धेरै जन्माउने, धेरैसंग यौनसम्पर्क राख्नेमा क्यान्सरको जोखिम बढि हुने उनले बताईन ।
यो रोग समयमा नै पहिचान गरे उपचार सम्भव हुने उनले बताए । नेपालमा नै प्याप्समेल टेष्ट, एचपिभि डिएनए टेष्ट, क्यालपासकोपी, बायोस्पी, सिईसिटी एब्डोमेन एण्ड पेल्भिस, एमआरआई एब्डोमेन एण्ड पेल्भिस जस्ता परिक्षणबाट पहिचान हुने उनले बताईन । अहिले नेपालमा नै उपचार सम्भव रहेको उनले बताए । क्यान्सरको सर्जरी, बिकिरण, किमोथेरापी गरि ३ उपचार नेपालमा हुँदै आएको उनले बताईन।
यसैबिच कार्यक्रमको एक समारोहका बिच सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खाँले उद्घाटन गर्दै आम नागरिकको स्वास्थ्यको विषयमा सचेतना जगाउने गरि महत्वपूर्ण कार्यक्रम भएको बताए ।
कार्यक्रममा जगर्शको अध्यक्ष प्रिय बन्धु न्यौपानेले समुदायमा सचेतना जगाउने उदेश्यका साथ कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा ग्रुपका सदस्य मनोरञ्जन शर्माले क्यान्सर रोग र यसबारे समुदायमा भएको भ्रमलाई चिर्ने गरि विशेषज्ञ चिकित्सकहरुबाट कार्यक्रम गर्न सफल भएको बताए । कार्यक्रममा विभिन्न टोल समुह, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।