ट्रेंडिंग:

>> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने

तस्करीको आशंकामा १ करोड ९५ लाखको सामान बोकेका ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

२७ माघ २०८१, आइतबार
२७ माघ २०८१, आइतबार

काठमाडौं ।

वीरगन्ज भन्सार कार्यालयबाट जाँचपास भएर नेपाल छिरेका तीन वटा मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

तस्करीको आशंकामा पर्सा प्रहरीले शनिबार वीरगन्ज महानगरपालिका-१६ गण्डक नहर चोकबाट ट्रकहरू नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बा१ख ९९०९, ना६ख ५४९१ र ना६ख ६३९७ नम्बरको मालबाहक ट्रक साँझ साढे ६ बजे नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। तिनवटै ट्रक वीरगन्जबाट काठमाडौंका लागि प्रस्थान गरेका थिए।

‘बिल बिजकभन्दा बढीको सामान लोड गरिएको छ भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरीले ट्रक नियन्त्रणमा लिएको हो,’ मिश्रले भने, ‘यसबारे हाम्रो टोली र राजश्व अनुसन्धान कार्यालय पथलैयाबाट थप अनुसन्धान भइरहेको छ।’

तीन वटै ट्रकमा साइन्टिफिक क्यालकुलेट र हेयर ट्रिम्मर लोड गरिएको थियो। बिल बिजकभन्दा बढीको सामानलाई ‘तस्करीजन्य अपराध’ आशंका गरेर प्रहरीले नियन्त्रणमा लिई राजश्वलाई बुझाउने गरेको छ।

मिश्रका अनुसार तीन वटा ट्रकमा १ करोड ९५ लाख रुपैयाँ बराबरको सामान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ट्रकहरू आइतबार प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ।

पर्सा जिल्ला तस्करीजन्य अपराध अत्यधिक हुने ठाउँले परिचित छ। ‘लोड गरिएको भन्दा न्यून मूल्यांकन गरी कागजात बनाएर भन्सार छलेर सामान नेपाल ल्याइने प्रवृत्ति पर्सामा छ,’ मिश्रले भने, ‘तस्करीजन्य अपराधमा हामीले उच्च निगरानी बढाएका छौं।’

मिश्र भर्खरै पर्सा जिल्लामा सरुवा भएर गएका अधिकृत हुन्। उनले सीमा, लागुऔषध, तस्करीजन्य अपराध आफ्नो प्राथमिकता रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?