© 2026
बुटवल, २७ माघ । विभिन्न समुहका रगत अभाव भैरहेको बेला आईतबार ईम्पावर हन्टर एचआर सोलुसन बुटवल शाखाले वृहत रक्तदान कार्यक्रम गरेको छ । बैदेशिक रोजगारमा जाने युवाहरुलाई आवश्यक परामर्श र प्रक्रियागत सहयोग गर्दै आएको संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत बृहत रक्तदान कार्यक्रम गरेको हो ।
नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५२ युनिट रगत संकलन भएको संयोजक रुबिन गुरुङले बताए ।
एक कार्यक्रमका बिच नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्री, संस्थाका शाखा प्रमुख लक्ष्मण पोखरेल, प्रहरी बिट बुटवल बसपार्कका प्रमुख बिमला गौतमले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरे ।
कार्यक्रममा ईम्पावर हन्टर एचआर सोलुसन बुटवल शाखाका प्रमुख लक्ष्मण पोखरेलले ब्यवसायिक विकाससंगै सामाजिक उत्तरदायित्वको क्षेत्रमा आफुहरु निरन्तर कार्यक्रमहरु गर्दै आएको बताए । पछिल्लोसमय ब्लड बैकमा विभिन्न ग्रुपको रगत अभाव देखिएको हुदा रक्तदान कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यक्रम गरेको उनले बताए । संस्थाबाट विभिन्न समयमा आश्रम र विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण, खाद्यान्न वितरण गर्दै आएको उनले बताए । बैदेशिक रोजगारमा जाने युवाहरुलाई आवश्यक न्युनतम दक्षता र प्रक्रियागत सेवा दिदै आएको संस्थाबाट दुबई कतार, बहराईन लगायत गल्फ देशहरुमा हजारौ जनालाई सेवा दिन सफल रहेको छ ।