ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

किसानलाई दुहुनो गाई

२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार

पाल्पा, २६ माघ ।

रिब्दीकोट गाउँपालिकाका किसान बढी दुध दिने क्षमता भएका गाई अनुदानमा पाएकोमा दंग परेका छन् । दुग्ध उत्पादनको माध्यमबाट कृषकको जिवन स्तरमा परिवर्तन ल्याउने उद्देश्यले १५ वटा गाई वितरण गरिएको हो । गाउँपालिकाको साझेदारीमा रिब्दिकोट कृषि परियोेजना अन्तर्गत ग्रामीण आर्थिक विकास सघंले एकवटा उन्नत जातको जर्सी र १४ वटा सबै भन्दा बढी दुध दिने होलस्टिन जातको दुहुनो गाई वितरण गरिएको संघका प्राविधिक मिना खडकाले बताइन् ।

परियोजना र कृषकको साझेदारीमा दैनिक ३० लिटर दुध दिने क्षमताको दुहुनो गाई पाएकी ख्याहाकी कमला पोखरेलले दुधको बजार राम्रो भएकाले उन्नत जातको गाईको पालन गरेको बताउँछिन् । स्थानीयस्तरमै दुध संकलन केन्द्र मार्फत सदरमुकाम तानसेनको डेरीमा दैनिक २५ लिटर दुध पठाउन पाउदा खुसी लागेको उनी बताउँछिन् । लागत मूल्य बढी भएपनि होलस्टिन जातको गाईले बढी दुध दिने हुँदा कृषकको मेहनतसंगै लगानी सजिलो संग उठ्ने भएका कारण यो जातको गाइ ल्याएको पालुङ मैनादी डवकाकी महिला कृषक सिताकुवर बताउँछिन् । यहाँका कृषकहरुले पहिले पहिले गाउँमा ससाना स्थानीय जातका गाई पाल्ने प्रचलन थियो । जब दुध उत्पादन गर्ने, उत्पादित दुधको सहकारी मार्फत संकलन गरी बजारीकरण हुन लागेपछि जर्सी गाई पालन गर्ने लहर नै चल्यो । जर्सीको तुलनामा दुध दोब्बर मात्रामा दिने उन्नत जातको गाई आउन लाग्यो त्यस पछि उन्नत जातको गाईप्रति आकर्षण बढन लागेको स्थानीय कृषकहरु बताउँछन् ।

कृषकहरुलाई आर्थिक रुपमा सवल र सक्षम बनाउन उन्नत जातको पशुपालनतर्फ प्रेरित गरेको स्थानीय सरकारका प्रमुख नारायण बहादुर कार्की बताउँछन् । स्थानीय सरकारको साझेदारीमा संचालित यस कार्यक्रमबाट भैरवस्थानको मसुरेमा एक, खस्यौलीको सिरुखरकमा २, पालुङ मैनादीको डबकामा ४, देउराली र ख्याहामा ४, ४ वटा गाई वितरण गरिएको थियो ।

ग्रामीण आर्थिक विकास संघका प्रमुख तथा निर्देशक लिलाबहादुर कार्कीका अनुसार यसरी वितरित गाई ८० हजार देखि १ लाख ३० हजार सम्मका रहेका र कृषकको माग अनुसार वितरण गरिएको हो । यस अगाडि सघंले पशुपालन गर्ने कृषकहरुका लागि घास र गोठको व्यवस्थापनका लागि आर्थिक संगै प्राविधिक सहयोग गरिएको सघंका निर्देशक कार्की बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?