© 2026
बुटवल, २४ माघ ।
बुटवल–१० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविका छात्राहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) प्रदान गरिएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा बुधवार विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरी खोप प्रदान गरिएको हो । राष्ट्रव्यापी खोप अभियान अन्तर्गत विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययरत १ हजार ३ सय ६४ जना छात्राहरूलाई बुधवार खोप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए । कालिका मानवज्ञान माविको सेक्टर २ रामनगरमा भने मंगलबार नै यो खोप प्रदान गरिएको सेक्टर २ का ईन्चार्ज कृष्ण गौतमले जानकारी दिए ।
बुधवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानपालिकाका प्रमुख खेलराज पाण्डेयले कुनै पनि विद्यार्थी आर्थिक अभावमा अध्यायन गर्न बाट बन्चीत हुने अवस्था नआउन दिनको लागि नगरपालिकाले काम गर्दै आएको बताएका थिए । उनले कुनै पनि विद्यार्थीलाई आर्थिक अभावको कारण शिक्षाबाट बञ्चीत हुन नपर्ने यसको सबै व्यवस्था बुटवल उपमहानगरपालिकाले प्रदान गर्ने समेत प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बुटवलका १० हजार किशोरीहरूलाई एचपिभी खोप लगाउने योजना रहेको भन्दै कालिका मानवज्ञान माविका मात्रै एक हजार छात्राहरूले खोप लगाउने तयारी रहेको जानकारी गराए । महाशाखा प्रमुख युवराज पाण्डेले पाठेघरको मुखको क्यान्स विरुद्धको खोप पूर्णरूपमा सुरक्षित भएको कारण निर्धक्क भएर लगाउनको लागि आग्रह गरेका थिए ।
यो खोप सतप्रतिसत प्रभावकारी र सुरक्षित छ भन्ने पुष्टि भएको भन्दै उनले ढुक्कसँग खोप लगाउन आग्रह गरे । मंगलबारदेखि सुरु भएको खोप अभियान अन्तर्गत मंगलबार २५ सय बालबालिकालाई खोप लगाइएको उनले बताए । छ कक्षा भन्दा माथि अध्ययन गर्ने विद्यार्थी रहेका सबै विद्यालयमा खोप केन्द्र रहेको जानकारी गराउदै उनले विद्यालयमा खोप लगाउन छुटेका किशोरीहरूलाई बुटवलको आम्दा अस्पतालबाट खोप लगाउन सकिने उल्लेख गरे ।
उक्त कार्यक्रममा अनुगमनको रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नत्यानन्द ज्ञवाली, विद्यालयका सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडे, सहित डब्लु एचओका प्रतिनिधि डा. राजेश सम्बरजिओ पाण्डव, डब्लुएचओका आर्यपीडी टिम लिेर डा. जीवीलन्डर सिंह, एनपीओ पीएमई विनोद गुप्ता, सुदन ज्ञवाली, डा. पवन उपाध्यक्ष, डा. सागर तिवारी लगायतको उपस्थिति रहेको थियो ।
बब