© २०२३
काठमाडौं ।
बाल विवाह मुद्दामा राज्यका निकायहरूले आफ्नो तोकिएको अधिकार क्षेत्रभित्र रही कार्य सम्पादन गरेका विषयमा गृहमन्त्री रमेश लेखकलाई जोडेर भ्रम फौलाउने काम भएकोमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
मङ्गलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले गृहमन्त्री लेखकलाई सामान्य जानकारीसमेत नभएको विषयमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन भएकोप्रति दुखद व्यक्त गरेको हो ।
गृह मन्त्रालयले समाजमा छुवाछूत र जातीय विभेद् बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ ।
सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारबिचको अन्तरजातीय बाल विवाह विवाहको विषयमा सिर्जित घटनाबारे गृहमन्त्री लेखकलाई सामान्य जाकारी समेत थिएन ।
कानुन कार्यान्वयनमा देखिएका अवरोध हटाउन तल्लिन गृहमन्त्री लेखकले समाजमा छुवाछूत र जातीय विभेद् बढाउने जस्ता अपराधिक गतिविधिमा शुन्य सहनशीलताको नीति लिनुभएको छ ।
संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको उनको सचिवालयले जनाएको छ ।
साथै गृहमन्त्री लेखकले सो घटनाको यथार्थ विवरण सार्वजनिक गर्न र आवश्यक छानविन गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन समेत दिएका छन्।
उक्त घटनामा नेपाल प्रहरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सत्येन्द्रकुमार रामविरुद्ध बाल विवाहको कसुरमा गत कार्तिक २५ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।
त्यसपछि ३ पुसमा मात्र कपिलवस्तु जिल्ला अदालतमा सत्येन्द्रकुमार राम र स्नेहा रौनियारबिच विवाह दर्ता भएको थियो ।
अहिले सत्येन्द्रकुमार राम बाल विवाहको कसुर जिल्ला अदालत सर्लाहीले तीस हजार रुपैयाँ धरौटीमा छुटेको र मुद्दा विचाराधिन अवस्थामा रहेको छ । प्रहरीले सो विषय जातीय नभइ कानुनी विषय भएको भन्दै गृहमन्त्री, प्रहरी महानिरीक्षक तथा अन्य प्रहरी कर्मचारीहरुप्रति लाञ्छना लगाउने भ्रमपूर्ण समाचार प्रति विस्वास नगर्न हुन अनुरोध गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी