ट्रेंडिंग:

>> अब रवि र छविको मुद्दा एकैसाथ हेरिने उच्च अदालतको फैसला >> पाल्हीनन्दन गाउँपालिका अध्यक्ष लागुऔषध कसूरदार ठहर >> रुपन्देहीका निमार्ण ब्यवसायीले मनाए होली >> के तपाईको मृगौला ठिक छ? >> २०८१ को एसईई तयारी पूरा, ५ लाख ८ हजार विद्यार्थी परीक्षा दिने >> चैत महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक >> रुपन्देहीमा विभिन्न संघसंस्थाको होली मिलन कार्यक्रम >> इजरायली सेनाद्वारा जेनिन गभर्नरेटमा ३ प्यालेस्टाइनीको हत्या >> बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले छिट्टै फर्किने दाबी >> होलीको पर्वमा अवाञ्छित गतिविधि गरेको आरोपमा १२ जना पक्राउ >> विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक भोलि बस्दै >> पोखरामा चीनको छेन्दुसम्म पहिलो व्यावसायिक चार्टर्ड उडानको शुरुआत >> विश्व मिर्गौला दिवस: मिर्गौला सम्बन्धी चेतना वृद्धि गर्न विश्वभर मनाइँदै >> त्रिभुवन विश्वविद्यालयमा स्ववियु अध्यक्ष पदका लागि १७ उम्मेदवारको दर्ता >> सेनाको पोशाकमा युद्धग्रस्त कुर्स्क क्षेत्रमा पुगे पुटिन >> धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु चुनाव स्थगित >> चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक >> हात्तीको आक्रमणले मृत्यु, बाटो अवरुद्ध  >> तिलोत्तमा ब्यापार संघद्वारा होली मिलन तथा भित्तेपात्रो विमोचन >> बञ्जी जम्प र स्विङ गर्दाको रमाइलो पल….. >> कुटपिटबाट एकको मृत्यु एक घाइते >> सुनिता र ब्यारीको पृथ्वी फिर्ती अझै अन्योलमा, नासाको मिसन फेरी रोकियो >> देशभरका १२ वटा आंगिक क्याम्पसमा स्ववियु चुनाव अनिश्चित >> पाकिस्तानको बलुचिस्तानमा बन्धक बनाइएका रेल यात्रुहरूको उद्धार >> अमेरिकी डलरको भाउ सामान्य घट्याे >> युरोपेली संघले पनि अमेरिकालाई कर लगाउने >> चार देशीय सिरिजमा आज नेपालले युगाण्डाविरुद्ध खेल्दै >> बुटवल–गोरुसिंगे सडक स्तरोन्नति तीव्र >> सल्यानका बजार अनुगमन, अबैध सामान बरामद >> ‘सम्मान चाहनेले सम्मान दिनपनि जान्नुपर्दछ’ >> सरकारः रेमिट्यान्सको उपयोग गर >> भ्रष्ट्राचार नियन्त्रण नहुँदा जनतामा निराशा छायोः महामन्त्री थापा >> किसानले फलाए गाउँमै पाँच करोडको तरकारी >> प्रधानमन्त्री ओलीले इजिप्टका राष्ट्रपतिलाई भने : विपिनको रिहाइका लागि पहल गरिदिनुस् >> मौसम पूर्वानुमान, आज तीन प्रदेशमा पानी पर्ने >> पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व मनाईँदै >> क्यानले गर्‍यो खेलाडी नयाँ वर्गीकरण, सन्दीपसहित पाँच खेलाडी ‘ए’ मा, कुशल र करणको घटुवा >> कपिलवस्तु ११ ले चुम्यो सुनगाभा सैनामैना गोल्डकपको उपाधि >> लाखौं जनता सडकमा उतारिने छः प्रचण्ड >> दाङका सञ्चारकर्मीलाई अदालती  रिपोर्टिङ तालिम >> राप्ती स्वास्थ्य  विज्ञापन प्रतिस्ठानमा बंगलादेशका बिरामी  >> पीएम कपमा कोशी प्रदेशको लगातार तेस्रो हार >> मिटरब्याजसम्बन्धि जाँचबुझ आयोग गठन, मन्त्रिपरिषदका अन्य निर्णयहरु के के छन् ? >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित- अर्थमन्त्री पौडेल >> सेयर बजारमा सात दिनको निरन्तर गिरावट पछि आज १७.२८ अंकको सुधार >> प्रचण्डद्वारा ओमसतियाको ऐतिहासिक जमुहानी पोखरा तालको शिलान्यास >> युगाण्डामा जारी चार देशीय सिरिजमा नेपालको तेस्रो हार >> जुवातास खेलिरहेका सात ७ जना पक्राउ >> कांग्रेस र रास्वपाका सांसदहरू बीच विवाद: सरकारी जग्गा कब्जाको आरोप

दाङमा एचपीभी खोप अभियानको शुभारम्भ

२२ माघ २०८१, मंगलवार
२२ माघ २०८१, मंगलवार

दाङ, २२ माघ।

विश्व क्यान्सर दिवसका अवसर पारेर आजदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ भएको छ। देशव्यापी खोप अभियान सञ्चालन भइरहेको अवस्थामा दाङमा पनि आज एक कार्यक्रम गरेर स्वास्थ्यकर्मीलाई खोप सामग्री प्रदान गरेर एचपीभी खोप अभियानको थालनी गरिएको हो।

जिल्ला खोप समन्वय समिति दाङको आयोजना तथा पालिका खोप समन्वय समिति घोराहीको समन्वयमा घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित मदरसा दारुल हुडा अल् सल्फिया माविमा अध्ययनरत मुस्लिम समुदायका किशोरीलाई एचपीभी खोप लगाइएको छ।

जिल्लामा घोराही १४ राप्ती टोल निवासी मदरसा दारुल हुडा अल सल्फिया माविमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीया हुमेरा खातुनलाई खोप लगाएर एचपीभी खोपको प्रमाण पत्रसमेत प्रदान गरिएको छ। सो विद्यालयमा अध्ययनरत २३ जनाले एचपीभी खोप लगाएका छन्। यसैगरी, जिल्लाभर ३९ हजार ४ सय ५० जना किशोरीलाई खोप लगाइदैछ।

खोप अभियानको उद्घाटन गर्दै जिल्ला खोप समन्वय समिति संयोजक नित्यानन्द शर्माले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपीभी खोप लगाउने लक्षित उमेरका सबैलाई अभियानमा जोडिन आग्रह गरे।

एचपीभी खोप अभियान बारे जानकारी गराउँदै स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख किशोर आचार्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको बताए। पाठेघरको मुखको क्यान्सर ह्युमन पेपिलोमाभाइरस सङ्क्रमणले हुने र नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको जानकारी गराए।

दाङमा विद्यालयमा अध्ययनरत ३७ हजार दुई सय पाँच जना र विद्यालय बाहिर रहेका दुई हजार दुई सय ४५ जना गरेर ३९ हजार चार सय ५० जना किशोरीलाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ। जिल्लाका तीन सय ९१ वटा विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउनका लागि जिल्लामा चार सय ४७ वटा खोप केन्द्र तोकिएको छ। जसमा चार सय ३५ वटा विद्यालयमा र १२ वटा विद्यालय बाहिर खोप केन्द्र छन्। खोप अभियानको अवसरमा घोराही १४ का वडा अध्यक्ष भानसिंह बुढा, घोराही उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बासुदेव आचार्यलगायतले किशोरीको स्वास्थ्य सुरक्षित बनाउन सरकारले ल्याएको एचपीभी खोप अभियान सफल बनाउनु सबैको दायित्व भएको बताए। कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलले गरेकी थिइन्। किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%