© २०२३
काठमाडौँ ।
बेलायती राजकुमार एडवार्ड नेपाल आइपुगेका छन्। आजै बिहान उनकी श्रीमती राजकुमारी सोफिया नेपाल आएकी थिइन्।
राजकुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए।
राजकुमार दिल्लीबाट र राजकुमारी लन्डन हुँदै नेपाल आएकाले फरक फरक जहाजमार्फत यात्रा गरेका छन्।