Butwal Today

कास्की र रामेछाममा दुई जनाको मृतावस्थामा शव फेला

२२ माघ २०८१, मंगलवार
अ+
अ-

काठमाडौं ।

कास्की र रामेछाममा दुई जना मृतावस्थामा फेला परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिका-८ मौरिया बस्ने ७५ वर्षीय धन प्रसाद कामी सोही गाउँपालिका-८ तमुस्थित बाङ्गे खोलामा मृत अवस्थामा फेला परेका हुन्।

त्यसैगरी, रामेछामको खाँडादेवी गाउँपालिका-१ मझुवा बगरस्थित सुनकोशी नदीको किनारमा अन्दाजी ५० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन्। उनकाे पहिचान हालसम्म नखुलेको प्रहरीले जनाएको छ।

दुबै घटनामा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिएका छन्।