ट्रेंडिंग:

>> मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान >> कालिका मानवज्ञान माविद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति  >> सुन प्रतितोला एक लाख ७० हजार नाघ्यो >> एक सय बढी फरार प्रतिवादी पक्राउ >> रोहिणी गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड >> कुटपिटबाट एक जनाको मृत्यु >> कक्षा १२ को परीक्षातालिका सार्वजनिक (तालिकासहित) >> एनसेलले सुरू ग¥यो भोवाईफाई आईफोनबाट सेवाको सुरुवात >> नेपालीको पहिचानः शिरमा टोपी >> सच्याऊः सामाजिक सञ्जाल विधेयक >> केजरीवालको पराजयले नेपालमा झड्का >> हामी संविधान कार्यान्वयनमा केन्द्रित छौं: दाहाल >> नवलपरासीमा एमसिसी परियोजनाः ‘तारमुनीको जग्गाको मुआब्जा माग’ >> खडेरीको चिन्ता बढ्दो >> इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार >> पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला आजको मौसम ? >> पाल्पाको दोभानमा सहिद चुनुमाया शालिक अनावरण, को हुन चुनुमाया ? >> माओवादी आन्दोलन नै परिवर्तनको जग र समाजवादको मार्ग भएको दावी >> दाङ प्रहरीद्वारा महिला बेचबिखन गरेको कसुरमा तीन जना पक्राउ >> रुपन्देहीको कन्चनमा छोराले गरे आमाको हत्या >> पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश >> फोनिज  दाङको अध्यक्षमा दिप्तीशिखा  >> देवदह ब्वाईज अन्तिम चारमा >> छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को तयारी पूरा >> अक्सफोर्डको ३४ औ वार्षिकोत्सब >> चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुद्ध आर्दश माविलाई >> रसायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन >> चापागाईलाई अत्याधिक मतले पराजित गर्दै बाबुराम भट्टराई अध्यक्ष निर्वाचित >> मुस्लिम संघमा नेतृत्व चयनको विवादले मध्यरातमा भागाभाग, अनिश्चितकालका लागि स्थगित >> त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत >> ट्रम्प र पुटिनबीच साउदी अरबमा युक्रेनको विषयमा शान्ति वार्ता हुने >> सुनसहित दुई भारतीय नागरिक पक्राउ >> सुरु भयो बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम >> निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक पारित गर्न माग >> प्रचण्डद्वारा गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन >> गैंडहवामा महिलाहरुका लागि होमस्टे सञ्चालन तालिम >> फागुन महिनाभर नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सञ्चालन गरिने >> `कर्मा´को फस्ट लुक सार्वजनिक >> भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि अमेरिकामा >> काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना: ३ जनाको मृत्युसमेत, २७ जना घाइते >> जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा निशुल्क स्वास्थ्य परीक्षण, दुई सय प्रहरी लाभान्वित >> लायन्स क्लव अफ बुटवल सयपत्रीको एक दिने खाना महोत्सव सम्पन्न >> सुनको भाउ दिन प्रतिदिन आकासिदै, आज २३ सय रुपैयाँले बढ्यो >> जनयुद्दको प्रेरणा सयौं वर्षसम्म रहिरहनेछ: प्रचण्ड >> उद्यमी महिलाका उत्पादन प्रोत्साहन गरौँ : पूर्वमन्त्री केसी >> पश्चिमी वायुको आंशिक प्रभाव : एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना >> जनयुद्ध दिवसका नाममा बिदा नदिन सर्वोच्चको अर्को आदेश >> प्रविधिको बाढीमाथि रेडियो जोगाउने चिन्ता >> के बुटवल नुन व्यापारले बनेको शहर हो ? >> रानीमहलमा दुई मुख्यमन्त्रीको ‘समृद्धि प्रेम’

बाणगंगामा एकीकृत घुम्ती शिविर, एक हजारले गाउँमै सेवा पाए

२२ माघ २०८१, मंगलवार
२२ माघ २०८१, मंगलवार

जितपुर, २२ माघ ।

बाणगंगा नगरपालिका–६, सुठौलीस्थित ज्ञानोदय आधारभूत विद्यालयमा आयोजित एकीकृत घुम्ती शिविरबाट एक हजारभन्दा बढी सेवाग्राहीले सेवा प्राप्त गरेका छन् । बाणगंगा नगरपालिकाको आयोजना र वडा नं. ६ को समन्वयमा सम्पन्न शिविरबाट १ हजार ३५ जना लाभान्वित भएको नगरप्रमुख चक्रपाणी अर्यालले जानकारी दिए ।

शिविरमा १८२ जनाले पशु सेवा, १६७ जनाले कृषि विकास सेवा, ३३१ जनाले आयुर्वेद सेवा, २५० जनाले स्वास्थ्य सेवा, ५ जनाले फर्म तथा व्यवसाय दर्ता तथा नविकरणसम्बन्धी परामर्श, २४ जनाले ज्येष्ठ नागरिक परिचय पत्र, ७१ जनाले सुरक्षित आप्रवासन (सामी) तथा रोजगार परामर्श र ५ जनाले योजना सम्झौता परामर्श तथा कागजात संकलन सेवा प्राप्त गरेका थिए ।

नगरप्रमुख अर्यालले सिंहदरबारको अधिकार गाउँ–गाउँमा पु¥याउने लक्ष्यअनुसार शिविर सञ्चालन गरिएको बताए । स्थानीय नागरिकको उत्साहजनक सहभागिताले भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रेरणा मिलेको उनले उल्लेख गरे ।

नगरउपप्रमुख रिता कुमारी चौधरीले सेवा पहुँचबाट टाढा रहेका बस्ती तथा समुदायलाई लक्षित गर्दै एकीकृत घुम्ती सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । ‘विगतदेखि नै हामीले विभिन्न कार्यक्रममार्फत वृद्धवृद्धा तथा असक्त नागरिकलाई गाउँमै सेवा प्रदान गर्दै आएका छौँ । यो अभियानलाई निरन्तरता दिनेछौँ,’ उनले भनिन् ।

स्थानीय सेवाग्राहीहरूले आफ्नै स्थानमा सेवा प्राप्त गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । शिविरमा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीसहितका कर्मचारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?