© 2026
काठमाडौँ। नवलपरासी पूर्वमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्।नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार देवचुली नगरपालिका–१ बोटेगाउँस्थित बौलाहा खोला र कावासोती नगरपालिका–८ फलफूल चोकबाट टरुवातर्फ जाने भित्री सडकको छेउमा दुई पुरुषको शव फेला परेको हो।
देवचुली नगरपालिका–१ बोटेगाउँस्थित बौलाहा खोलामा अन्दाजी ५७ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका छन्। त्यसैगरी, कावासोती नगरपालिका–८ स्थित भित्री सडकको छेउमा पनि अर्का पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। दुवै घटनाबारे थप विवरण आउन बाँकी छ।