काठमाडौं, २१ माघ ।
तराइ-मधेस केन्द्रित दलहरूको मोर्चा गठनबारे छलफल तीव्र भइरहेको छ।

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा तराइ-मधेस केन्द्रित ८ दलको बैठक सुरु भएको छ।
बैठकमा मधेश र थारु आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र भविष्यका रणनीतिहरूको बारेमा छलफल भइरहेको छ। एक सदस्य केशव झाले बताए अनुसार, “आगामी दिनमा के कस्तो रणनीति अपनाउने र मोर्चाको कार्य, कर्तव्य, अधिकार र भावी योजनाबारे महत्त्वपूर्ण छलफल भइरहेको छ।”
बैठकमा जसपा, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशिल पार्टी र तमलोपा पार्टीका कार्यदलका सदस्य र वार्ता टोली संयोजकहरू सहभागी छन्।



