Butwal Today

चन्द्रपुरनिगाहपुरमा खैरो हेरोइनसहित १ जना पक्राउ

२१ माघ २०८१, सोमबार
अ+
अ-

रौतहट, २१ माघ।

पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरबाट १ जना व्यक्ति लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ का ३१ वर्षीय सागर श्रेष्ठ रहेका छन्, जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार राय द्वारा सोमवार जारी सूचनामा उल्लेख गरिएको छ। उनीमाथि लागुऔषध सम्बन्धी मुद्दा दायर गरी आईतवार जिल्ला अदालत गौरबाट म्याद थमाई थप अनुसन्धान भइरहेको सूचनामा भनिएको छ।

गत शनिवार दिउँसो विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलीले चन्द्रपुर-४ चिडियादल टोलबाट उनलाई पक्राउ गरेको थियो। उनको साथबाट डेढ ग्राम खैरो हेरोइन बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन्। पछिल्लो समय जिल्लाको उत्तरी भेग चन्द्रपुर नगरपालिका आसपास युवाहरूमा लागुऔषध सेवनको दुर्व्यसन बढ्दै गएको पाइएको छ।