ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

परिषदको बेथिती शुन्य गराउछु ।–राखेप उपाध्यक्ष आचार्य

१२ माघ २०८१, शनिबार
१२ माघ २०८१, शनिबार

बुटवल, १२ माघ । नव नियुक्त राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले परिषदभित्र रहेका बेथिती र विकृतिलाई शुन्य बनाउने प्रतिबद्धता गरेका छन । पदभार ग्रहणपछि नेपाल खेलकुद पत्रकार मंच रुपन्देही शाखाले शनिबार गृहजिल्लामा गरेको स्वागत तथा बधाई कार्यक्रममा उपाध्यक्ष आचार्यले परिषदभित्र धेरै बेथितीहरु रहेको बताए । ‘एक हप्ताको अवधिमा धेरै बेथिति भेटेको छु ।’–उनले भने । घरको अलिखित कानुन जसरी नै राखेपलाई चलाउन खोजेको प्रमाण समेत भेटेको उनले बताए । ‘कानुनसंग जोडेर यसको चिरफार गर्ने छु ।’– उनले भने । कर्मचारी, संघका पदाधिकारीहरुसंग छोटोअवधिमा अन्तरक्रिया गरि धेरै सुझावहरु प्राप्त गरेको उनले बताए । केही ब्यक्तिहरु कार्यकारी पदलाई दुरुपयोग गरेको उनले आरोप लगाउदै संघ खारेज र दर्ताको प्रक्रियालाई सहि ढंगमा ल्याउने प्रतिवद्धता जनाए ।

परिषदलाई खेलाडी र खेलकुदको परिषद बनाउने उनले बताए । बोर्डले नितिगत रुपमा गरेको निर्णयलाई नकार्न नमिल्ने उनले बताए । खेलकुद सामग्री वितरण देखि पुर्वाधार निर्माणसम्म भएको गलत गतिविधिलाई ध्यान दिने बताए । नेपाल सरकारको मन्त्रीपरिषद बैठकबाट निर्णय भएको पदमा बसेर त्यो पदको अक्षरस भुमिका पालना गर्ने उनले बताए । ‘परिषद भित्रका समस्या मसंग ल्याईदिनुस ।’–उनले भने ।
एकअर्को प्रशंगमा दशौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई कानुन प्रक्रिया पुरा भएपछि गरिने उनले बताए । प्रक्रिया र समयसीमा नपुगी खेल गर्न सकिने सम्भावना नभएको उनले बताए । भौतिक संरचनाको विषयमा संघ, जिल्ला, स्थानिय सरकारको अधिकार क्षेत्रको विषयमा कार्यदल बनाएर टुगो लगाउन लागेको उनले बताए । राखेपमा हाल १०७८ कर्मचारीको दरबन्दी रहेकोमा ७ सय जना कार्यरत रहेको भन्दै समयसापेक्ष कर्मचारी समायोजनको कामलाई तिब्रता दिन लागेको उनले बताए ।

देशभर वर्षेनी धेरै प्रतियोगिता आयोजना हुने भएपनि सरोकारवाला संघमा त्यसको तथ्याक नराखिने गरेको भन्दै यसलाई प्राथमिकता दिनुपर्ने उनले आग्रह गरे । खेलकुदमा सिण्डिकेड तोड्ने उनले बताए । स्कुल टु ओलम्पिकको अवधारणा अनुसार काम बढाउनुपर्ने बोकेको छ । ओलम्पिक कमिटिले अदालतको आदेश नमान्ने भन्ने कुरा गलत भएको उनले बताए । राखेपको बैठकबाट खाता रोक्के निर्णय भैसकेको भन्दै उनले बोर्डको निर्णय कार्यान्वयन हुने दाबी गरे ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका निवर्तमान सदस्य सचिव तथा पौडी संघका वरिष्ठ उपाध्यक्ष जयप्रकाश भट्टराईले ओलम्पिक कमिटिको विबाद अन्त्य, खेल संघका समस्या, ऐन संशोधन गर्ने र कर्मचारी समायोजनाका बिषयमा काम अघि बढाउन सुझाव दिए । सम्पुर्ण खेलकुद संघलाई धरासायी हुने गरि राखेपका पदाधिकारी नै गतिविधि गरिरहेको उनले आरोप लगाए । अबैध संघमार्फत ओलम्पिक कमिटि गठनको गलत हुनु निन्दनीय भएको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव चन्द्र आचार्य, रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरजप्रताप खाड, रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, नगर खेलकुद विकास समिति, तिलोत्तमाका संयोजक लोक पुन, मंचका सचिव स्वस्तिक श्रेष्ठले नेपाली खेलकुद विश्वमा उदाउदो रुपमा रहेको र यसलाई अवसरको रुपमा लिएर अघि बढाउन राखेप लाग्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंघ रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले खेलकुदको उर्वरभुमी रुपन्देहीलाई विधागत रुपमा स्थापित गर्दै पत्रकारको क्षमता विकासमा सरोकारवाला निकायहरुसंग समन्वय गरि मंच काम गर्ने बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?