© २०२३
बुटवल, २२ कात्तिक ।
टप मजुवाका हरिभक्त गाहामगर तिनाउ–दानव कोरिडोरमा पर्ने बास उठ्ने भएपछि चिन्तित छन् । रुपन्देहीकै नमुना विकाससंगै तिनाउको सौन्दर्यीकरण गर्ने रुपमा अघि बढेको तिनाउ–दानव कोरिडोरमा घर पर्ने भएकाले उनी अब कता जाने भन्ने चिन्तामा परेका हुन् । ‘भएको एउटा बास पनि नहुने भयो’– उनले भने । चुनावको बेला सपना देखाउनेलाई भोट नदिने बुटवल–१३ बेलवासका विष्णु सुनार बताउँछन् ।
‘उधारोलाई नो भोट’–उनले भने । चुनावको बेला खोक्रो आश्वासन बाँड्ने र भोट माग्न घर धाउनेलाई मत नदिने उनले बताए । आफुहरुको घरबारको ब्यवस्थापन नगरी बाटो बनाउ सुरु गर्नु गलत भएको उनले दुःखेसो गरे । ‘हाम्रो कर चल्छ, मत चल्छ, तर हाम्रो अधिकार सुनिश्चित भएन’–उनले भने ।
ीतनाउ–दानव कोरिडोरपीडित संघर्ष समितिले मंगलबार बुटवलमा दबाब मुलक विरोध कार्यक्रम गरेको छ । बुटवल पुरानो बसपार्कबाट निकालिएको ¥याली बुटवल उपमहानगरपालिका परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध कार्यक्रममा सहभागी मैनाबगरकी जय पौडेलले भनिन्–‘विस्थापित कोरिडरबासीको घर लैजान लागेको छ त्यसलाई ब्यवस्थापन गरिनुपर्छ भन्ने माग हो ।’ सधैभरि विकासको सपना देखाउने तर काम नगर्ने उम्मेदवारलाई यसपटक भोट नदिने तिनाउ–दानव कोरिडोर पीडितहरुले घोषणा गरेका छन् ।
संघर्ष समितिका संयोजक आत्माराम रानाले कोरिडोर निर्माणको क्रममा विस्थापित हुनेहरुलाई ब्यवस्थापन गर्न कार्यदल समेत गठन भएको बताए । निर्वतमान नगरप्रमुख शिवराज सुवेदीको कार्यकालमा १७ नं. वडाको ११ विगाहा क्षेत्रमा ब्यवस्थापन गर्ने सहमति भएको उनले बताए । दुई दिन अगाडि नगरपालिका कार्यालयमा बुझ्दा सो जग्गामा संघसंस्थाहरुबाट कब्जा भएको अन्त जग्गा खोजेर ब्यवस्थापन गरिने जानकारी दिएको उनले दुःखेसो गरे । अब माग पूरा नभए आफुहरु आन्दोलनमा उत्रने उनले बताए । संघर्ष समितिका सल्लाहकार विरेन्द्र बिकले आफुहरुको पक्षमा राजनीतिक दलहरुको साथ नरहेको दुःखेसो गरे । विस्थापित १ हजार ६ सय घरधुरीसहित खाली जग्गासमेत गरी २ हजार १ सय घरधुरी रहेको उनले बताए ।