ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना
मुख्य आलेख

रूपन्देहीमा पूर्वाधार विकासको फेहरिस्त

१८ कार्तिक २०७९, शुक्रबार
१८ कार्तिक २०७९, शुक्रबार

आसन्न निर्वाचन प्रष्टरूपमा गठबन्धन र एमालेबीच तीब्र प्रतिष्पर्धाको निर्वाचन हो । यसमा दुवैले आ– आफ्नो जीतको दावी गरेका छन । आफ्नो पक्षधरताको आधारमा फलानो जित्छ भन्ने कुरा बेग्लै हो । बस्तुगत आधारमा फलानाले जित्छ भन्ने कुरा बेग्लै हो । एउटा पार्टीको विरुद्ध सत्तामा बसेका पाँच पाँच पार्टीको जुन गठबन्धन गर्नुपरेको छ, त्यसबाट यसैपनि एमालेको पल्ला भारी देखिन्छ । त्यसमा पनि केही जनमुखी काम कारवाही र पूर्वाधार विकासका फेहरिस्त हेर्ने हो भने पनि एमालेकै पल्ला भारी छ ।

आसन्न निर्वाचनको बेला रूपन्देहीमा बसेर चुनावमा एमालेको पल्ला भारी छ भनेर लेखिरहँदा एमालेले यस क्षेत्रको विकासमा गरेका केही तात्विक महत्व राख्ने विकास योजनाको उल्लेख अवश्य बाञ्छनिय छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल–यसको निर्माण भर्खरै सम्पन्न भएको छ र सञ्चालनमा पनि आइसकेको छ ।
बुटवल–बेलहिया सडक– यो सडक ६ लेनको सडक छ । यसको निर्माण दुई वर्षअघि सम्पन्न भएको छ र सञ्चालनमा छ । अहिले यसमा सलह झैं मोटर गाडी गुडिरहेका छन् ।
सिद्धबाबा सुरुङ मार्ग– ठेक्का सम्झौता भैसकेको छ र ठेकेदार संस्थाले कामको जिम्मेवारी लिइसकेको छ । यसमा १० अर्व १७ करोडको आर्थिक गतिविधि हुन्छ । वर्षेनी सडकमा हुने अत्यधिक भूस्खलनबाट हुने अत्यधिक यात्री मृत्यु रोक्न यो योजना अत्यन्त महत्वपूर्ण छ ।
बुटवल–नारायणगढ सडक– यो सडक निर्माणाधीन छ । बस्ती क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा चार लेन हुने गरी सडक बन्दै छ । सुरु सुरुमा यसमा द्रुत गतिमा काम भएको हो । पछि भने गति मन्द भएको छ । तर काम भैरहेको छ ।
बुटवल–गोरुसिङ्गे सडक– यसको पनि चार लेनमा बिस्तार हुने हो । यसको लागि ३८ अर्वको स्रोत निश्चित भैसकेको छ र प्रक्रिया अघि बढेको छ ।

सिग्नेचर पुल– बुटवलमा एउटा सिग्नेचर पुल बन्दैछ । यो पुल एक अर्वको लागतमा बन्ने अत्याधुनिक प्रविधिको पुल हो । यसबाट पुरानो बुटवल बजार सुन्दर बजार बन्नेछ र यातायात सहज हुनेछ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र– बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ र अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलको निर्माण अन्तिम चरणमा पुगेको छ ।
कर्साघाट कृषि उपज केन्द्र– बुटवल उपमहानगरपालिका कर्साघाटमा ठूलो कृषिउपज केन्द्र बन्दैछ । यो देशकै नमूना कृषि उपज केन्द्रको रूपमा बन्दै छ । यसका लागि जग्गा प्राप्तिको प्रक्रिया सुरु गरिएको छ र बजेट निश्चित भइसकेको छ । यसबाट किसानलाई बजार सहज रूपमा उपलव्ध हुनेछ र कृषिको बहुआयामिक विकास हुने छ ।
बुटवल–पोखरा सिद्धार्थ राजमार्ग लाई डेडिकेटेड डवल लेन बनाउन डिपिआर तयार भएको छ र स्रोत निश्चित भैसकेको छ । अव द्रुत गतिमा काम हुनेवाला छ ।

बुटवल–बेलहिया सडकको राजमार्ग चौराहा–गोलपार्क खण्डको निर्माणमा बजेट निश्चित भएर पनि दर्जन भन्दा बढी तीन तहका अदालती मुद्दा खेप्नु पर्दा समयमा काम हुन सकेन र नागरिकलाई सास्ती भयो । विकास नचाहने तत्वबाट यसमा छिर्केनी हान्ने काम पनि भयो । तर पनि यो सडक खण्ड निश्चित प्रक्रियामा छ । अव कसैले रोकेर रोकिनेवाला छैन ।
तिलोत्तमामा बन्ने मेडिकल कलेज– यसको मास्टर प्लान डिपिआर तयार भएको छ । यसका लागि ५० बिगाहा जग्गाको व्यवस्थापन पनि भएको छ । यसको लागि ऐनको मस्यौदा पनि भएको छ । बहुवर्षीय ठेक्का प्रक्रिया पनि अगाडि बढेको छ । अहिले गठबन्धन सरकारबाट बजेट कटौती गरिएको कारण काम अगाडि बढ्न सकेको छैन । जनताको स्वास्थ्यसित गाँसिएको संवेदनशील कुरालाई कसैले रोकिराख्न मिल्दैन । जनताको मेडिकल कलेज बन्छ ।

लुम्बिनी बाणिज्य क्याम्पस– बिम विश्वविद्यालय बनाउने परिकल्पना अनुसार कतिपय प्रक्रिया पूरा भैसकेको छ र प्रारम्भिक रूपमा पढाइ पनि सञ्चालनमा आएको छ । जग्गा प्राप्तिको प्रक्रिया सुरु भएको छ । त्रिविविबाट सहमति प्राप्त छ । जग्गा प्राप्तिपछि आवश्यक निर्माण गर्दै दुई तीन वर्षमा विश्वविद्यालय पूर्णरूपमा सञ्चालन हुने गरी काम भैरहेको छ । यो विश्वविद्यालय स्वायत्त विश्वविद्यालयको रूपमा सञ्चालन हुनेछ ।
बुटवलको नयाँ गाउँमा लुम्बिनी बौद्ध विश्वविद्यालयको सिटी कलेज भवन निर्माणको काम सम्पन्न भएको छ ।
देवदहमा सोही विश्वविद्यालय अन्तर्गत कृषि तथा वन विज्ञान अध्ययन संस्थान स्थापना हुने भएको छ । यसको लागि प्रक्रिया सुरु भएको छ । अहिले प्रारम्भिक रूपमा पढाइ पनि सञ्चालनमा छ । यसको लागि ८० बिगाहा जग्गा प्राप्त भैसकेको छ । दुई तीन वर्षमा पूर्णरूपमा सञ्चालन हुने गरी काम अगाडि बढेको छ ।

मुर्गिया–सूर्यपूरा–लुम्बिनी सडक निर्माण सम्पन्न भइसकेको छ ।
बेलबास–बेथरी चार लेन सडक निर्माण अन्तिम चरणमा छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जो नेपालको पश्चिम क्षेत्रकै पर्यटनबाट समृद्धिको संवाहक हो । यसको निर्माण सम्पन्न भई सञ्चालनमा पनि आएको छ । तर, भारतबाट सीमानानिरको अलिकति आकाशमा रुट परमिट नमिल्दा क्षमता अनुसार हवाइ उडान प्राप्त गर्न सम्भव भएको छैन । वर्तमान सरकारले भारतसित वार्ता गरी गाँठो फुकाउनु पर्ने हो । त्यसो गर्न खासै चासो राखेको देखिन्न । तुरुन्त वार्ता गरी परमिट लिन आवश्यक छ ।
लुम्बिनी विकास कोषको गुरुयोजना अनुसारको बाँकी काम धमाधम भैरहेको छ । यसका लागि आवश्यक ७ अर्वको बजेट व्यवस्था गरिएको छ । अव यसको सम्पूर्ण बाँकी काम तुरुन्त सम्पन्न हुनेवाला छ ।
तिनाउ–दानव करिडोर जो यस क्षेत्रको समृद्धिको कोसेढुंगा हो । यसमा तटबन्ध र सडक निर्माणको काम धमाधम भैरहेको छ । तटबन्ध भैरहेको छ, नदीको दुईतर्फ सडक बनिरहेका छन् । नदी उकासका जग्गा सुन्दर उद्यान बन्ने छन् । तटबन्धबाट बाढी नियन्त्रण हुनेछ र सहज सिंचाइको सुविधा किसानलाई प्राप्त हुने छ । यो चाहिं यहाँको कृषि, उद्योग, पर्यटन, व्यापार तथा रोजगारीका लागि ठोस पूर्वाधार हो । अव यसबाट यहाँको जीवनस्तर धेरै माथि उठ्ने निश्चित छ । काम द्रुत गतिमा भैरहेकोले यसका लागि धेरै पर्खिन पनि पर्ने छैन ।
अव यसैगरी रोहिणी करिडोर को विकास गर्ने सोंच बढेको छ । करिडोरको विकास भनेको बहुआयामिक विकास हो । रोहिणी करिडोरको पनि विकास भएपछि रूपन्देही जिल्ला सम्पूर्ण नेपालको नमूना विकास जिल्लामा गनिने छ ।
बुटवल–बेलहिया ६ लेन सडक बनेपछि यसको वरिपरि विकास छरिएर आयो । ठूला होटल बने । उद्योगहरू खुले । व्यापार बढ्यो ।जग्गाको मूल्यवृद्धि भयो । अलिकति जग्गा हुनेले त्यसलाई बेचेर पनि केही काम धन्धा गर्ने मौका पाए । रोजगारी बढ्यो । जीवनस्तर बदलियो । वास्तवमा विकासले ठोस विकासको रूप लिन पूर्वाधार विकासको अनिवार्य प्रयोजन रहेछ ।
यी सबै विकास कार्यक्रममा हुने आर्थिक क्रियाकलापमा करिव करिव एक खर्व बराबरको आर्थिक गतिविधि हुने देखिन्छ । यसबाट यो क्षेत्र र यसबाट प्रभावित क्षेत्रको समेत विकासमा ठूलो प्रभाव पर्नेछ । आर्थिक गतिविधिबाट अर्थतन्त्र परिचालित भई प्रत्यक्ष अप्रत्यक्ष रूपमा उत्पादनमा वृद्धि हुने छ ।

स्मरणीय छ, यी सबै विकासे पूर्वाधारका सुत्रधार हुन् विष्णु पौडेल । यिनी रूपन्देही दुई नम्बर क्षेत्रबाट पटक पटक निर्वाचित हुने सांसद हुन् । यिनी मुलुकको राजनीतिक नेतृत्वमा राष्ट्रिय नेताको उचाइमा छन् । बीचमा अर्थमन्त्री पनि भए । यिनको पहलमा भएका विभिन्न विकास परियोजनाबाट रूपन्देही २ नम्बर क्षेत्रको मात्र विकास भएको छैन, सम्पूर्ण रूपन्देही, सम्पूर्ण लुम्बिनी र यसबाट प्रभावित हुने सम्पूर्ण प्रभाव क्षेत्रको विकासमा योगदान पुगेको छ । यिनी सफल अर्थमन्त्री मानिन्छन् । अर्थमन्त्री हुँदा यिनले समग्र नेपालको आर्थिक विकासमा सन्तुलन राख्दाराख्दै वस्तुगत आधारमा आफ्नो क्षेत्र, आफ्नो जिल्ला र प्रदेशको विकासमा अलिकति विशेष माया गरेका हुन् । जसका कारण यस क्षेत्रकै विकासले फड्को मारिरहेको छ । यिनकै विशेष पहलमा यस क्षेत्रमा कतिपय मेगा प्रोजेक्ट आए । आसन्न निर्वाचनमा संघीय सांसदमा यिनको उम्मेदवारी छ । यिनले सुरु गरेका तर सम्पन्न हुन बाँकी कतिपय काम सम्पन्न गर्न र नयाँ नयाँ बहुआयामिक विकासे योजना परिचालन गर्न यिनको यहाँ अझै आवश्यकता छ । यहाँका मतदाताको मानसिकता त्यस्तै छ । निर्वाचन जित्नका लागि मात्र नभएर जितेर राष्ट्रमा केही योगदान गर्नका लागि प्रयोजनीय हुन्छ । जितेर राम्रो जिम्मेवारी लिन सक्ने र त्यसलाई राम्ररी अदा गर्न सक्ने व्यक्तित्व पनि चाहिन्छ । व्यक्तित्वका कारणले पनि मतदाताको रोजाइमा यिनी पर्छन् । लाग्दछ– अत्यधिक मतान्तरका साथ यिनको विजय निश्चित छ ।

यस्तै यिनका सहयोद्धाहरूमा एक नम्बर निर्वाचन क्षेत्रमा छविलाल विश्वकर्मा संघीय सांसद उम्मेदवार छन् । निष्कलंक र अटल निष्ठाका कारण तिनी पनि मतदाताको रोजाइमा छन् । त्यस्तै छन् ५ नम्बर क्षेत्रमा वासु घिमिरे । उनी तिलोत्तमा न.पा. लाई नमूना न.पा. बनाएर स्याबासी कमाएका व्यक्ति हुन् । ५ नम्बर क्षेत्रका मतदाता यिनलाई रोज्ने पक्षमा देखिन्छन् ।
यस्तै प्रदेशसभा तर्फ रूपन्देही २ (१) मा पूर्वमन्त्री लिला गिरी छन् । यिनी गाविस अध्यक्ष हुँदै प्रदेश सांसद र मन्त्रीसम्म बनेर विकास निर्माणको काममा राम्रो नाम कमाएका व्यक्ति हुन् । जनसेवी तथा सरल स्वभावका कारण यिनलाई चुनाव जित्न गाह्रो छैन ।
त्यस्तै क्षेत्र नम्बर २ (२) मा पूर्वमन्त्री तथा पूर्वमेयर भोजप्रसाद श्रेष्ठ छन् । यिनलाई जित्न यिनले पदमा रहँदा गरेका कामहरू नै पर्याप्त छन् । निर्वाचन क्षेत्र १ (२) मा प्रदेशसभा सदस्यमा दधिराम न्यौपाने उम्मेदवार छन् । उनी पूर्व सांसद पनि हुन् । यसमा रहँदा त्यस क्षेत्रको विकासमा उनले देखाएको सक्रियता नै उनलाई चुनाव जित्न काफी छ । उनी हक्की र सक्रिय संगठक मानिन्छन् ।
रूपन्देहीमा राप्रपा र जसपाबीच एमालेको तालमेल छ । निर्वाचन क्षेत्र ३ मा संघीय सांसदका लागि राप्रपाका दीपक बोहोरालाई एमालेको समर्थन छ । दीपक बोहोरा रूपन्देहीमा विकासप्रेमीको रूपमा परिचित नाम हो । त्यस कारण उनको जीत निश्चित देखिन्छ ।
राप्रपासित एमालेको तालमेलका सम्बन्धमा एमालेका अध्यक्ष केपी ओलीको भनाइ यहाँ प्रसङ्गवशः उल्लेखनीय छ–
राप्रपा जे जस्तो भए पनि आफ्नै विवेक र बलबुतामा चल्ने पार्टी हो, कता हो कताबाट चल्ने कठपुतली नभएको हुनाले हाम्रो तालमेल अस्वाभाविक छैन ।
शंकरनगर, रूपन्देही

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?