ट्रेंडिंग:

>> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित

देशलाई जोड्न गठबन्धन बनेको होः महत

१६ कार्तिक २०७९, बुधबार
१६ कार्तिक २०७९, बुधबार

बुटवल, १६ कात्तिक

नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले अहिले देशलाई जोड्ने नेतृत्वको आवश्यकता रहेको बताएका छन् । नेपाली काग्रेसका सभापति शेर बहादुर देउवा देशलाई जोड्ने नेतृत्व लिएर गठबन्धनसहित अगाडि बढेको भन्दै सफल हुने पनि दाबी गरे ।

नेपाली काग्रेस निकट खेलकुद संगठनले बुधबार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन खेलकुद समन्वय प्रचारप्रसार उपसमिति भेटघाट तथा छलफल कार्यक्रममा नेपाली काग्रेस प्रचारप्रसार समितिका संयोजक तथा पार्टी प्रवक्ता डा. महतले अहिले देशमा जोड्ने, सहिष्णु र काम गर्ने नेतृत्व नेपाली काग्रेसको मात्र भएको बताए । ‘अरु कुरा गर्छन हामी काम गछौ ।’– भन्ने स्लोगन अघि बढाएको समेत उनले बताए । ओली सबै क्षेत्रको विज्ञ बनेर धेरै बोल्ने तर काम चाही नहुने हुँदा मतदाताले अब कसलाई मत दिने भन्नेमा स्पष्ट भैसकेको समेत उनले दाबी गरे ।

नेकपा सरकारले बहुमत ल्याउँदा पनि साढे तीन वर्षमा उल्लेख्य काम गर्न नसकेको र बहुमत सरकार नटिकाएकाले पनि अहिले धेरै मतदाताले कांग्रेससहितको गठबन्दनलाई भोट हाल्ने दाबी उनले गरे । देश एउटा परिवार र यहाँ रहेका दलका नेताले सबैलाई समेटेर लैजानुपर्ने उनको तर्क थियो ।

रुपन्देही क्षेत्र नं २ गठबन्धनका प्रतिनिधि सभा उम्मेदबार केशव बहादुर थापा सुर्यवंशीले दलीय गठबन्धन आजको आवश्यकता भएको बताए । विगत २८ वर्षदेखि निरन्तर पार्टीमा लागेको बताउँदै देश जोगाउने अभियानमा आफुहरु अग्रसर रहेको दाबी गर्दै निरंकुशता, तानाशाह, मुलुकलाई अनिश्चितताको भुमरीमा लैजाने विपक्षीमा रहेको उनले बताए ।

साझा उम्मेदवार बनाउने भनेर गठबन्धनबाट आएको सहकार्यलाई आफुहरुले सहर्ष स्वीकार्दै अगाडि बढेको बताए । गठबन्धनतर्फका रुपन्देही २ (१) का उम्मेदवार दिर्घ बहादुर केसीले खेलकुदको पुर्वाधार विकासमा आफनो पहल जारी राख्ने बताए । प्रतिवद्घता पत्रमा समेत रंगशाला निर्माण गर्ने घोषणा गरेको भन्दै योसंगै अन्य समग्र विकास र सामाजिक काममा योगदान दिने बताए ।

जनप्रतिनिधिहरु सबै पूर्वाधार आफनो ब्यक्तिगत लगानी गरेको जसरी नै प्रचारमा लाग्नु गलत भएको भन्दै उनले यस्तो विषयमा मतदाता सचेत हुनुपर्ने बताए । सुविधासम्पन्न रंगशाला अहिलेको प्रदेशमा मुख्य आवश्यकता रहेको भन्दै उनले यसमा पहल गर्ने बताए । रंगशाला बनाउने भनिएको भएपनि प्रदेश सरकारले डिपिआर तयार गर्न नसकेको उनले गुनासो गरे ।

पाँच पटक तिलोत्तमा गोल्डकप, भुकम्पको समयमा आर्थिक सहयोग गरेर विद्यालय पुनर्निर्माणमा सहयोग गरेको उनले बताए । उपसमितिका संयोजक उमेशजंग रायमाझीले नेपाललाई वर्तमान अवस्थामा ल्याउने पार्टीको योगदान रहेको दाबी गरे ।

दुई तिहाई मत पाउँदा आफ्नै पार्टी मिलाउन नसक्दा सरकार छोड्नुपरेको आरोप लगाउँदै उनले अब कुन हैसियतमा मत माग्न घरदैलो जाने भनेर लाज मान्नुपर्ने बताए । बुद्धको देशमा बुद्धलाई नमान्दा दुःख पाउने अवस्था आएको भन्दै बुद्धको सिद्धान्तलाई अपनाउनुपर्ने उनले सुझाव दिए । नेपाल श्रम वितरण गर्ने मुलुकको रुपमा पहिचानलाई हटाउनुपर्ने भन्दै आफनो पार्टीले कोखदेखि शोकसम्म कार्यक्रमसहित अगाडि बढाएको बताए ।

राजनीति ठिक नभई केही ठिक नहुने उनले बताए । खेलकुद राजनीति सुधार गर्ने एउटा शक्ति भएको भन्दै उनले यसलाई लगाउनुपर्ने सुझाव दिए । नेपाली काग्रेसकी महिला नेतृ डा. डिला संग्रौलाले नेता गणेशमान सिहको भनाई अहिले समयसापेक्ष भएको भन्दै आफनो मात्र पुस्ताको चिन्ता नभई आफु पछाडीको युवा पुस्ताको चिन्ता गर्नुपर्ने तर्क दिईन ।

निर्वाचनमा मात्र नभई हरेक समयमा युवाहरुलाई राजनीति र खेलकुदमा जोड्न समन्वय समिति नै बनाएको बताईन । बीपीको भनाई अनुसार राष्ट्रियता, लोकतन्त्र र समाजबादमा हाम्रो आदर्श हाम्रो मूल्य सत्य भएको बताईन् । सत्ताप्राप्तीको भ¥याङको रुपमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले गलत ब्याख्या गरेको भन्दै उनले गणतन्त्र रक्षाका लागि गठबन्धन भएको बताए ।

निर्वाचन खेलकुद समन्वय प्रचारप्रसार समितिका संयोजक कर्माछिरिङ शेर्पाले देशब्यापी खेलकुदमा योगदान दिएका ब्यक्तिको पहँुच राजनीतिमा पुग्न जरुरी रहेको तर्क गर्दै आफनो पार्टी यसमा अगाडि रहेको बताए । कार्यक्रममा पार्टीका महासमिति सदस्य रिता सेन, लोक पुन, सुभराम बस्नेतले युवाहरु साध्य पनि हुन यो शक्तिलाई अब नेपाली कांग्रेसका संगठन मात्र होइन शिक्षा, स्वस्थ्यमा लागेको बताए । कार्यक्रममा लुम्बिनी प्रदेशस्तरका खेलकुद सम्वद्घ युवाहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission