© २०२३
बुटवल, १६ कात्तिक ।
पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तिनाउ–दानव करिडोर निर्माण भएपछि बुटवल नमूना शहरको रुपमा विकास हुने दाबी गरेका छन् । कोरिडोर निर्माणको नाममा यहाँका कुनै पनि बासिन्दालाई बिचलित नपारिने उनले स्पष्ट पारे । नदी नियन्त्रण गरी व्यवस्थित शहर निर्माण गर्ने उद्देश्यले कोरिडोर निर्माणको काम अघि बढाइएको बताउँदे उनले कोरिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई समेत व्यवस्थित र सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताए ।
बुटवल–११ प्रगतिनगरमा बुधबार मतदाताहरुसँग अन्तत्र्रिmया गर्दै पौडेलले पूर्वाधार तथा विकासको क्षेत्रमा बुटवलले असाधारण फड्दो मार्ने दाबी गरे । यहाँ सुरु गरिएका ठूला बिकासका आयोजनाहरु सम्पन्न भएपछि यहाँको विकास मुलुककैं लागि नमूना देखिने उनको दाबी छ । यहाँ सुरु गरिएका ठूला पूर्वाधार निर्माणका कामलाई कसैले पनि राजनीतिक रङ्ग नदिएर सम्पन्न गर्दा यहाँका बासिन्दाको जीवनस्तरमा उल्लेख्य सुधार हुने दाबी गरे ।
कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरीले एमाले सरकारमा सुरु गरिएका पूर्वाधार निर्माण र विकासका कामलाई पूर्णता दिनका लागि मंसिर ४ मा जनताले सुर्यमा मतदान गर्न आग्रह गरे । जनताको समस्या बुझ्न र बिकासका लागि नेकपा एमालेको नेतृत्व अनिवार्य रहेको बताउँदे उनले आगमी मंसिर ४ मा जनताले एमालेकै पक्षमा फैसला गर्ने दाबी गरे । यसैगरी बुटवलमा निर्माण हुँदे गरेको महत्वकांक्षी योजना तिनाउ–दानव कोरिडोरले यहाँको जीवनस्तरमा उल्लेख्य परिवर्तन ल्याउने उनले दाबी गरे।