ट्रेंडिंग:

>> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल

मतदाताको शिर निहुरिन दिन्नः लिला गिरी

१४ कार्तिक २०७९, सोमबार
१४ कार्तिक २०७९, सोमबार

बुटवल, १४ कात्तिक ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले विगतमा आफू सरकारमा हुंदा सुरु गरेका योजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

यसअघि आफु प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि बुटवल र तिलोत्तमा क्षेत्रका एक दर्जन बढी सडक तथा पार्कहरुको स्तरोन्नती र निर्माण गरेको उल्लेख गर्दै उनले बांँकी रहेका कतिपय कामलाई अबको कार्यकालमा पुरा गर्ने दावी गरे ।

अखिल नेपाल महिला संघ तिलोत्तमा–१ शंकरनगरको भेलालाई सोमबार सम्बोधन गर्दै नेता गिरीले भने–“एमालेकै पहल र अगुवाईमा धागो कारखानादेखि योगिकुटी हुंदै मगरघाट सम्मको सडकको स्तरोन्नतीको काम भईरहेको छ, शिवचोकदेखि प्रेमनगर जाने सडक, शंकरनगरको पुरानो सडक, शिवपुर सडक, शारदास्कुलदेखि तपाहा लाईनको सडक, बनबाटिका लगायतका सडकको स्तरोन्नतीको काम पनि हाम्रै अगुवाईमा भईरहेका छन्, अब बाँकि रहेका कामपनि हाम्रै अगुवाईमा अगाडी बढ्ने छन् ।”

गिरीले जनताले चाहना गरे अनुसारका सबै काम एकैपटक गर्न नसकेपनि गरेका काममा ईमान्दारीपूर्वक र मतदाताको शिर निहुरिन नदिने गरी गरेको दावी गरे । “म अहिले जहाँ छु एमाले र एमालेका कार्यकर्ताका कारण छु, अहिलेसम्म आफ्नो, पार्टीको र कार्यकर्ताको शिर निहुरिने गरी कुनै काम गरेको छैन र भोलिपनि त्यस्तो कुनै काम हुने छैन”–गिरीले भने ।

नेता गिरीले जनप्रतिनिधि हुने व्यक्ति जनताको समस्या ध्यानपूर्वक सुन्न सक्ने र समस्या समाधान गर्न सक्ने हुनुपर्ने बताए ।

कार्यक्रममा एमाले नेता एवं क्षेत्र नं. २ (१) का निर्वाचन परिचालन कमिटी संयोजक गोपाल भट्टराईले सत्ता गठबन्धनका कारण मुलुक पश्चगमनतर्फ जाने खतरा रहेको औंल्याउँदै मुलुकको अग्रगमन र दिगो विकासका लागि एमालेको जित अनिवार्य रहेको बताए ।

भट्टराईले केपी ओली नेतृत्वको सरकारले अगाडि सारेका विकास आयोजनाका काम पुरा हुँदा र राष्ट्रियता बलियो हुँदा एमाले बलियो हुन्छ भन्ने डरमा गठबन्धन रहेको बताए ।

निर्वाचन अनुगमन समितिका संयोजक टिकाराम घिमिरेले अहिलेको निर्वाचन केबल निर्वाचन मात्र नभई देशको समृद्धि चाहने र जसरी पनि सत्तामा चाहनेहरुको बीचको लडाई भएको उल्लेख गर्दै जनताले देशको समृद्धि चाहने एमालेलाई रोज्ने दावी गरे ।

अनेमसंघका वडा अध्यक्ष कमला ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु केशवराज न्यौपाने तामानाथ पाण्डे, देवी वाग्ले, भूमिका गौतम लगायतले एमालेलाई जिताउने गरी लाग्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?