© २०२३
बुटवल, ३ कार्तिक । नेपालको आर्थिक समृद्धि पर्यटनबाट नै सम्भव रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । होटल क्षेत्रमा लामो अनुभव हुदै पाचतारेसम्मको आफनो अनुभव बताउदै सिद्घार्थ ग्रुप अप हस्पिटालिटिका रिजनल डाईरेक्टर महेन्द्र न्यौपानेले नेपालमा पर्यटन एकमात्र आर्थिक विकासको आधार भएको दाबी गरे । रोटरी क्लब अफ बुटवलको १५३५ औ नियमित बैठक तथा अन्तरक्रियामा टिकापुरमा एउटा सामान्य रेष्टुरेन्ट सेवा शुरु गर्दाको चुनौतीहरु सुनाए ।
भौगोलिक हिसाबबाट समेत नेपाल विश्वकै उत्कृष्ट गन्त्ब्य भएको भन्दै उनले सेवा उद्योगलाई सरकारबाट नीतिगत रुपमा सहयोग जरुरी रहेको बताए । लुम्बिनीमा पर्यटन भित्राउन डेस्टिनेसन म्यारिज एउटा महत्वपुर्ण पाटोको रुपमा विकास भएको उनले बताए । ‘होटलमा हुने सेल्सको २५ प्रतिशत यसले ओगटेको छ ।’—उनले भने । पछिल्लोसमय नेपालीहरु रेष्टुरेन्टको खानामा आर्कषित भएको भन्दै घरको खानाभन्दा हाइजेनिक र ईकोनोमी बनाउन सकेमात्र ब्यवसाय सफल हुने उनले बताए । अहिले पनि नेपालका पाच तारेमा केवल २ प्रतिशतमात्र पर्यटक भित्रने गरेको उनले बताए । यदि ५० प्रतिशत होटल अकुपाई भए ब्रेक ईभेन्टमा जाने उनले बताए । सिमा नाका हुदै अहिले पनि ३५ प्रतिशत भारतिय पर्यटक लुम्बिनीमा भित्रने गरेको उनले बताए । शुरुवातको समयमा क्षेत्रियताको कारण भोगेका समस्या, पाचतारेसम्म आईपुग्दाका चुनौती र सफलताका घटनाहरु समेत उनले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष प्रज्वल थान्जुले क्लबबाट सामाजिक क्षेत्रमा भएका विभिन्न कामबारे प्रष्टयाउदै आगामी दिनमा कम्प्युटर ल्याबको लागि २५ वटा कम्प्युटर हस्तान्तर गर्ने, शवदाह गृह निमार्णको तयारीबारे बताए ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष करुण खनाल, सचिव बिरेन्द्र राना, कोषाध्यक्ष रो. ई. लक्ष्मण प्रसाद श्रेष्ठ, गोपाल प्रसाद अधिकारी, खिमनारायण पराजुली, रोहिणी श्रेष्ठले क्लबलाई चलायमान बनाउने गरि रचनात्मक काममा जोड दिनुपर्ने बताए ।