ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

गुल्मीका यी ठूला आयोजनाः जसमा प्रदिप ज्ञवालीले भित्र्याए झण्डै ११ अर्व बजेट

८ कार्तिक २०७९, मंगलवार
८ कार्तिक २०७९, मंगलवार

गुल्मी, ८ कात्तिक ।

गुल्मीमा ठूला र महत्वपूर्ण मानिएका आयोजनामा अरबौं लगानी भएको छ । गुल्मीबाट सांसद जितेर पटकपटक मन्त्री बनेका प्रदीप ज्ञवालीको पहलमा गुल्मीमा ठूला आयोजना अगाडि बढेका हुन् । ती आयोजना कतिपय सम्पन्न भएका छन भने कति सम्पन्न हुने चरणमा रहेका छन् ।

अहिले ज्ञवाली यिनै आयोजनाको फेहरिस्त बोकेर मतदाताको घरघरमा पुगिरहेका छन् । चुनावका लागि मतदाताको घरघरमा पुगेका ज्ञवालीसँग स्थानीयले बिगतको प्रशंसा मात्र गरेका छैनन्, आगामी दिनमा विकासका थप योजना ल्याउन पनि सुझाव दिएका छन् ।

गुल्मीका लागि ज्ञवाली निर्वाचित भइसकेपछि सडक निर्माण र ठूला आयोजनातर्फ धेरै बजेटको व्यवस्था भएको छ । ज्ञवालीकै नेतृत्वमा ६ अर्बको लगानीमा कालीगण्डकी करिडोर निर्माणको काम भैरहेको छ । दुई अर्व ६२ करोडको लगानीमा रिडी–खज्र्याङ– बलकोट– दाङ– सुर्खेत सडक निर्माण हुँदैछ । ऐतिहासिक रुरु क्षेत्रको तटबन्धको लागि ५५ करोड रुपैयाँको लगानीमा काम अगाडि बढिरहेको छ । यो आयोजना सम्पन्न भएपछि रिडीका जनताको मुहार परिवर्तन हुने स्थानीयको विश्वास छ ।

त्यसैगरी चोरकाटे– शान्तिपुर सडक निर्माणका लागि ५५ करोड रकम सुनिश्चित भएको छ भने गुल्मी जिल्ला अस्पतालका लागि ५२ करोड रकम बिनियोजन भएर अहिले अस्पताल भवन निर्माणको काम तीब्र गतिमा अगाडि बढेको छ ।

त्यस्तै पालिकास्तरमा ६ वटा अस्पताल निर्माणका लागि १ अर्ब ८ करोड रकम परेको छ र काम अगाडि बढेको छ । जिल्लामा कोरोनाको कहरमा निकै जटिल बनेको अक्सिजनको व्यवस्था गर्न ५ करोड रकम विनियोजन गरि आइसियु, अक्सिजन प्लान्ट र पिसिआर ल्याब सेवा सुचारु गर्न पनि ज्ञवालीले गरेको ठूलो प्रयासको गुल्मेली जनताले सह्राना गरेका छन् ।

गुल्मीका विभिन्न पालिका जोड्ने रणनीतिक सडकका लागि ४० करोड रकम बिनियोजन भएको छ भने रेसुङ्गा विमानस्थल निर्माण कार्य सम्पन्न गर्न २० करोडमा काम भएको छ । गुल्मीमा सडकर पुलमात्र होइन खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न ज्ञवालीले दौंघा, हुँगा, बलेटक्सार, पल्लिकोट, खैरेनी, जुनियाँ, हरेवा, अस्लेवा लगायतका स्थानमा २० करोड बढी लगानीमा काम अघि बढेको छ भने कतिपय योजना सम्पन्न भएका छन् ।

त्यसैगरी १४ करोड लगानीमा रिडी रुद्रवेणी सडक निर्माणको काम अघि बढेको छ । शिक्षाको क्षेत्रमा समेत ज्ञवालीले गुल्मीका लागि गरेको योगदानको सधै प्रशंसा हुने गरेको छ । त्यसैगरी मजुवामा प्राविधिक विद्यालय र रानीवास, जोहाङ, छापचौर लगायतका क्षेत्रमा प्राविधिक शिक्षाको लागि काम अगाडि बढेको छ । महेन्द्र मावि र उपल्लो तम्घास लगायतका विद्यालयमा विद्यालय बस सञ्चालन हुनु गुल्मीका लागि शिक्षा विकासमा ठूलै परिवर्तन हो ।

ज्ञवालीकै नेतृत्वमा विद्यालय पुनर्निर्माण अन्तर्गत विभिन्न विद्यालयका १९२ कक्षा, ७७ शौचालय र ४२ थप कक्षा कोठा निर्माण भएका छन् । डुम्रे–सातमुरे–लुम्छाको सडक पुनर्निर्माणको काम सम्पन्न भएको छ ।

गुल्मीका लागि इतिहासकै दुःखद घटनाका रुपमा लिइने सत्यवती पहिरो पीडित परिवारको पुनस्र्थापना गर्नमात्र नभै एक हजार घरको खरको छाना विस्थापन गरेर ज्ञवालीले गुल्मीका जनताका लागि ठूलो गुन लगाएका छन् ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत १६ करोडको लगानीमा धेरै काम भएको छ भने हर्मिचौर र देउरालीसम्मको सडक पूर्वाधार निर्माणमा धेरै काम भएको छ ।

त्यसैगरी ज्ञवालीको प्रत्यक्ष सकृयतामा गुल्मीका ऐतिहासिक मन्दिर, मठ र पाटीपौवाको निर्माण, पुनर्निर्माण भएको छ । उदाहरणकै रुपमा सत्यवती, रुरुक्षेत्र लगायत धेरै मन्दिर, पाटी पौवा निर्माण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?