ट्रेंडिंग:

>> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै

युवालाई लागूऔषध प्रयोगबाट जोगाउन सामूहिक प्रयास जरुरीः गृहमन्त्री खाँण

७ कार्तिक २०७९, सोमबार
७ कार्तिक २०७९, सोमबार

भैरहवा, ७ कात्तिक ।

गृहमन्त्री बालकृष्ण खाँणले युवाहरु लागूऔषध प्रयोग र ओसारपसारबाट टाढा रहनुपर्नेमा जोड दिएका छन् । लागूऔषधको प्रयोग र ओसारपसारले राष्ट्रका कर्णधार मानिने युवापुस्ताहरुको स्वास्थ्य जोखिममा पर्ने, विभिन्न कानूनविपरीतका कार्यमा संलग्न हुने जस्ता जोखिम बढ्ने जनाउँदै गृहमन्त्री खाणँले यसबाट सबै युवायुवतीहरु सचेत र सजग रहनुपर्ने बताए । उनले लागूऔषधको नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र रोकथाम तथा सचेतनाका कार्यक्रमहरु पनि गरिरहेको जनाए ।

पाँच दलीय गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार समेत रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले सोमबार भैरहवामा आयोजित रुपन्देहीमा क्रियाशील रोटरी क्लबहरुसँगको छलफलमा बोल्दै युवाहरुलाई कुलतबाट जोगाउन र आगूऔषधको नियन्त्रणमा सरकारसँगै सबै एकजुट भएर लाग्नु पर्ने बताए ।
‘तीनै तहका सरकारले आफ्नो तहबाट काम गरिरहेका छन्, यसमा रोटरी जस्ता सामाजिक संघसंस्थाहरुको साथसहयोगले लागूऔषधको दुव्र्यसनीलाई निर्मूल पार्न सहयोग पुग्छ’, उनले भने, ‘रुपन्देहीका धेरै रोटरी लगायतका सामाजिक संघसंस्थाले यस क्षेत्रमा काम पनि गर्नुभएको छ, आगामी दिनमा पनि गर्दै जानुहोला । यसमा सरकारको साथ र सहयोग रहन्छ ।’

गृहमन्त्री खाँणले युवालाई आफ्नो जीवन आफै वर्वाद पार्नु हुँदैन भनेर सचेत गराउनुपर्नेमा जोड दिए । सरकारले युवा लक्षित धेरै कार्यक्रमहरु ल्याएको र आउँदा दिनमा पनि ल्याउने बताउँदै उनले कुलतबाट टाढा रहन सबैलाई अपिल गरे । ‘युवाहरुले नयाँ योजना बनाउने, क्रियटिभ काम गर्ने र समाज, राष्ट्र निर्माणमा योगदान दिनुपर्छ’, उनले भने, ‘जीवनको उर्जावान र केही गरेर समाज तथा राष्ट्रमा स्थापित हुने उमेरमा कुलतमा फसियो भने राम्रो हुँदैन, घरपरिवार र राष्ट्रकै लागि पनि ठीक ठहरिँदैन । त्यसैले युवा उर्जावान हुनुपर्छ । नेतृत्वकर्ता बन्नुपर्छ ।’

उनले सुरक्षा निकाय, सरकारका विभिन्न निकायले लागूऔषध नियान्त्रण, रोकथाम र सचेतनाका क्षेत्रमा काम गरिरहेको बताए । सरकारी निकायलाई अझै प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लागूऔषध रोकथाममा सरकारले काम गर्ने गृममन्त्री खाँणले प्रतिबद्धता जनाए । लागूऔषध जस्तो घरपरिवार, समाज, राष्ट्र र कानूनले नै बर्जित गरेका कुराहरुमा युवापुस्तादेखि कोही पनि नागरिक लाग्न नहुनेमा उनले जोड दिए । समाज परिवर्तनको सम्बाहक युवाहरुले हरेक क्षेत्रलाई अग्रगतिमा अगाडि बढाउन काम गर्नु पर्ने गृहमन्त्री खाँणको भनाई छ ।

उनले युवाहरु रोटरी जस्ता सामाजिक संस्थामा लागि समाज परिवर्तमान अगाडि बढ्ने, क्षमता विकास गर्ने, उद्यमशील बन्नुपर्ने सुझाव दिए । यस्तो काम गरे युवाहरु समाजमा स्थापित हुने जनाए । खाँणले रोटरी र रोट्रयाक्ट क्लबहरुले स्वास्थ्य, शिक्षा, समाजसेवा, विपदमा सरकारसँग हातेमालो लगायत थुप्रै क्षेत्रमा प्रशंसनीय काम गरेको बताए । यस्ता संस्थाहरुसँग हातेमालो गरेर सरकार काम गर्न तयार रहेको उनले जनाए ।

यस्तै, नेपाल महिला संघ बुटवल उपमहानगरपालिका–१५ ले सोमबार सेमलारमा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले अब सरकारले नागरिकको अवस्था परिवर्तन गर्न योजना बनाएर अघि बढ्ने जनाए । उनले लामो संघर्षपछि राजनीतिक व्यवस्था परिवर्तन भए पनि अहिलेसम्म नागरिकको अवस्था परिवर्तन गर्न नसकिएको बताए । ‘अब सरकारले नागरिकको अवस्था परिवर्तन गर्ने योजना ल्याउनमा ध्यान केन्द्रित गर्ने छ’, उनले भने । खाँणले नागरिकको अवस्था परिवर्तन गर्न बलियो सरकार आवश्यक हुने समेत बताए । ‘बलियो सरकार बनाउने गरि सिट जित्नका लागि पनि यो निर्वाचनमा पाँच दलीय गठबन्धन गरिएको हो’, उनले भने ।

कर्णालीबासी, दलित, महिला, जनजाति र मधेसीको हक अधिकारका बारेमा संसदमा वकालत गर्न कानुनमै उनीहरुको निश्चित सिट छुट्टाइएकाले संविधान सभाबाट जारी संविधान समावेशीताको हकमा उत्कृष्ट रहेको खाँणले दावी गरे । कार्यक्रममा विष्णुमाया शर्माको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचनमा महिला परिचालन समिति बनाएको घोषणा गरिएको थियो । समितिका पदाधिकारी र सदस्यलाई गृहमन्त्री खाणले निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन क्रियाशील हुन आग्रह गरे ।

भैरहवामा भएको कार्यक्रममा बोल्दै गठबन्धनका तर्फबाट क्षेत्र नम्बर ३ (१) का उम्मेदवार एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सन्तोषकुमार पाण्डेले रोटरी क्लब र रोट्रयाक्ट क्लबलाई शहरी क्षेत्रको साथै ग्रामीण केन्द्रमा पनि सामाजिक काममा लाग्न आग्रह गरे । उनले अहिले शहरी तथा ग्रामीण क्षेत्रमा पनि लागूऔषध लगायतको कुलतमा युवाहरु फस्दै गइरहेकाले यस्ता क्लबहरुले दुवै क्षेत्रमा निगरानीका साथै सचेतनामूलक काम गर्नुपर्नेमा उनले जोड दिए । उनले पाँच दलीय गठबन्धनले नै राष्ट्रको नेतृत्व गर्ने र सबै क्षेत्रको सन्तुलित विकास गर्ने जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission