Butwal Today

गुल्मीमा समानुपातिक तर्फको मतपत्र पुग्यो

७ कार्तिक २०७९, सोमबार
अ+
अ-

गुल्मी, ६ कात्तिक ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदश्य चुनावका लागि गुल्मीमा समानुपातिक निर्वाचन प्रणाली तर्फको मत पत्र आईपुगेको छ । निर्वाचन आयोगले गुल्मीका लागि ढुवानी गरेको ६ लाख ३५ हजार मतपत्र सोमबार जिल्ला आईपुगेको हो ।

जिल्लामा समानुपातिक प्रणाली तर्फको निर्वाचनका लागि क्षेत्र नं. १ मा प्रतिनिधि सभाका सदश्यका लागि १ लाख ३२ हजार र प्रदेश सभा सदस्यका लागि १ लाख ३६ हजार र क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यका लागि १ लाख ८२ हजार र प्रदेश सभा सदश्यका लागि १ लाख ८५ हजार मतपत्र आईपुगेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।

नेपाली सेनाको सहयोगमा उक्त मतपत्रहरु सदरमुकाम आईसकेपछि सोमबारै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई जिम्मा लगाई सकिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।

यस पटकको निर्वाचनमा जिल्लामा कुल २ लाख २३ हजार छ सय १५ मतदाता रहेका छन । दुई नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा कुल एक सय ४२ मतदान स्थल र दुई सय ७८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।