ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

‘जवज’ को आर्थिक मोडल

समाजवादका निम्ति आधारभूत वस्तुगत भौतिक स्थिति तयार नगरी समाजवादमा संक्रमण गर्न खोज्नु हतारो हुने धारणा मदनले राख्नु भएको थियो । स्वाधीन, स्वावलम्वी राष्ट्रिय अर्थतन्त्र निर्माण नगरी बलपूर्वक समाजवादको स्थापना गरेपनि त्यसले स्थायित्व प्राप्त नगर्ने मदनका भनाई आज पनि उत्तिकै सान्दर्भिक छ ।
७ कार्तिक २०७९, सोमबार
७ कार्तिक २०७९, सोमबार

मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) को आधारभूत आर्थिक पक्षहरुको प्रतिबिम्व तत्कालीन नेकपा एमालेको २०४८ सालको आम निर्वाचनको घोषणापत्र, २०४९ सालको स्थानीय निर्वाचनको घोषणापत्र र २०४९ सालको पार्टीको पांचौ महाधिवेशनको प्रतिवेदनमा देखिन्छ । २०४८ सालको घोषणापत्र मार्पmत पार्टीले देशको प्रगतिको मुख्य वाधक सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादको शोषण, दमन र उत्पीडनलाई लिएको पाइन्छ । बहुदलीय राज्य व्यवस्था, बहुलवादी समाज, कानूनी राज्य, मौलिक तथा मानव अधिकारको ग्यारेन्टी, सामन्ती भूस्वामित्वको अन्त्य, जसको जोत, उसको पोत, एकाधिकार पूँजीको समाप्ती, राष्ट्रिय पूँजीको विकास र विस्तार तथा सोको आधार निर्माण, जनवादी र सर्वशुलभ शिक्षा तथा आधारभूत स्वास्थ्य सेवाको विकास गर्दै जनतालाई देशको वास्तविक मालिक बनाउने र समाजवादमा प्रवेशका लागि आवश्यक पूर्वाधार तयार गर्ने कुरा घोषणापत्रहरुमा उल्लेखित थिए ।
अर्थतन्त्रका मुख्य क्षेत्रहरुको अन्तर सम्बन्धका आधारमा विकेन्द्रिकृत योजना प्रणाालीको विकास, जनश्रमको अधिकतम उपयोग, स्थानीय अर्थतन्त्रको प्रबद्र्धनमा स–साना उत्पादकहरुको पहुँच बढाउने, भूमिहीन साना किसानहरुको व्यापक सहभागितामा आधारभूत ग्रामीण संस्थाहरु निर्माण गरी स्थानीय सहभागितामा आधारित विकासको प्रकृया अघि बढाउने, भूमिहीन र साना किसानलाई शुलभ ऋण, सीप र प्रविधि उपलव्ध गराउने तथा सुकुम्वासी समस्याको स्थायी समाधान गर्ने जस्ता विषय पनि घोषणापत्रमा समावेश गरिएका थिए । यसवाट तत्कालीन अवस्थामा सामाजिक एवं र्आिथक रुपान्तरणका एजेण्डा तत्कालीन विद्यमान संरचना भित्र अधिकतम प्रगतिशील सुधार रहेको देखिन्छ । त्यस्तै तत्कालीन नेकपा एमालेको पाँचौं महाधिवेशनको प्रतिवेदनले नेपाली क्रान्तिको कार्यक्रममा सामाजिक क्रान्ति प्रथम र अनिवार्य लक्ष्य राख्दै निर्माण र विकासलाई महत्व दिएको तथा यसका लागि सामन्तवादको अन्त्य र राष्ट्रिय अर्थतन्त्रको सबलीकरण र निर्माणमा जोड दिएको पाइन्छ । सामन्ती र साम्राज्यवादी दमन, अत्याचार र शोषणलाई समाप्त पार्दै जनताको श्रम, सीप र प्रतिभालाई विकास निर्माणमा परिचालन गर्ने तथा प्राकृतिक साधन स्रोतलाई देशको हितमा प्रयोग गर्ने प्रगतिशील विकासको दिशाबाट समृद्ध नेपालको आकांक्षा पूरा गर्न सकिने कुरा उक्त प्रतिवेदनमा देखिन्छ ।

क्रान्तिकारी भूमिसुधार, सहकारी खेती, वैज्ञानिक कृषि प्रणालीको विकास, प्रगतिशील भूमिकर, कृषि श्रमिकको न्यूनतम ज्यालाको सुनिश्चितता, औद्योगिक क्षेत्रमा राष्ट्रिय पूँजी परिचालन, साना मझौला उद्योगहरुको स्थापना र विकास, विदेशी लगानी र प्रविधि हस्तान्तरणलाई राष्ट्रिय हित अनुकुल परिचालन, औद्योगिक श्रमको न्यूनतम सेवा सुविधा र सामाजिक सुरक्षा, घरवार विहिन परिवारलाई आवास तथा रोजगारीको प्रत्याभूती जस्ता विषय पनि नेपाली क्रान्तिका कार्यक्रमभित्र समेटिएका थिए । यसरी हेर्दा जवजका र्आिथक कार्यक्रमहरु मुलत जनवादी क्रान्तिका खाकाभित्र राज्य, निजी क्षेत्र, सहकारी र सामुदायिक क्षेत्रको सहकार्य एवं राष्ट्रिय हित अनुकुल विदेशी लगानी र प्रविधिको प्रयोग अटाएको देखिन्छ । सायद मदन भण्डारीले त्यसवेलाको जवजको न्यूनतम कार्यक्रम भित्र आर्थिक प्रणाली मूलतः मिश्रित अर्थप्रणालीकै ढाँचाभित्र रहने हो भनेको कुरा पनि यही थियो ।

जवजले समाजवादउन्मुख आर्थिक प्रणालीको कुरा गर्दा मुलत पाँचवटा कुरामा ध्यान दिएको पाइन्छ । ती हुन (क) उत्पादनका साधनमा सवैको पहुँच, योग्यताअनुसारको काम र काम अनुसारको दाम, (ख) राष्ट्रिय पूँजी निर्माणमार्पmत स्वाधीन अर्थ प्रणालीको विकास, (ग) सर्वशुलभ शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सामाजिक सेवाहरुको प्रत्याभूति, (घ) आय र सम्पतिको पुनः वितरण मार्पmत राज्यको लोककल्याणकारी भूमिकामा विस्तार तथा सहज र सरल सर्वव्यापी सामाजिक सुरक्षा र (ड.) सवै नागरिकमा र्आिर्थक, सामाजिक, साँस्कृतिक र लैंगिक विभेदको अन्त्यसंगै सहभागितामूलक उत्पादन र विकास पद्धति । २०४७ सालको संविधानले यी कुरा समेट्न नसकेका कारणले पनि तत्कालीन नेकपा एमालेले यसको आलोचनात्मक रुपमा समर्थन मात्र गर्नु परेको थियो ।

जवजले आफ्ना कतिपय अभिव्यक्तिमार्पmत सामन्तवाद र साम्राज्यवादको शोषण एवं उत्पीडनको अन्त्यको कुरा गरिरहंदा दलाल पूजीपति वर्गको शोषणलाई समेत समाप्त पार्ने र सो गरिरहँदा पार्टीले कुनै समाजवादी क्रान्ति नगरेको पनि प्रष्ट पारेको थियो । उत्पादनका साधनमाथिको निजी स्वामित्वलाई नभई सामन्तवाद तथा अन्तर्राष्ट्रिय पूँजीवादलाई मात्र समाप्त पार्ने भएकाले तत्कालीन क्रान्तिलाई राष्ट्रिय पूँजीवादी जनवादी क्रान्तिको नाम दिनुपरेको थियो भने समाजवादका निम्ति आधारभूत वस्तुगत भौतिक स्थिति तयार नगरी समाजवादमा संक्रमण गर्न खोज्नु हतारो हुने धारणा मदनले राख्नु भएको थियो । स्वाधीन, स्वावलम्वी राष्ट्रिय अर्थतन्त्र निर्माण नगरी बलपूर्वक समाजवादको स्थापना गरेपनि त्यसले स्थायित्व प्राप्त नगर्ने मदनका भनाई आज पनि उत्तिकै सान्दर्भिक छ ।

नयाँ जनवादलाई राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक सवै हिसावले सुदृढ बनाईसकेपछि मात्र समाजवादमा जानुपर्ने उहाँको धारणालाई आज पनि हामीले अनुशरण गर्नु परिरहेको छ । राष्ट्रिय अर्थतन्त्रमा सामूहिक र सार्वजनिक क्षेत्रको भूमिकालाई बढाउँदै सामूहिक स्वामित्वको संरचनाभित्र जनताले न्यायपूर्ण ढंगले बढी भौतिक लाभ लिन सक्ने परिस्थिति तयार गर्नुपर्ने र राज्यको सार्वजनिक आर्थिक जीवनमाथि निजी क्षेत्रको एकाधिकार कायम हुन नहुने कुरामा जवजको जोड थियो । यो भनिरहँदा जनवादी अर्थव्यवस्थाको मूलभूत चरित्र फेरिपनि मिश्रित अर्थप्रणाली रहेको कुरामा उहाँ प्रष्ट हुनुहुन्थ्यो । तर यस प्रणाली भित्रपनि समानता एवं सामाजिक न्यायमा आधारित भएर श्रमजीविहरु, निम्न आय वर्ग, पिछडिएका वर्ग, अल्प सँख्यक जाति, समुदाय र क्षेत्रको उत्थानमा राज्यको भूमिका स्थापित गर्दै देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने निजी क्षेत्रलाई पनि उहाँले महत्व दिनु भएको देखिन्छ । यसै कार्यदिशाका आधारमा देशको बृहत्तर आर्थिक सामाजिक परिवर्तन, न्यायपूर्ण उत्पादन सम्बन्ध विकास गर्ने कुराहरु तत्कालीन परिस्थिती अनुसार नै अगाडि बढाइएका हुन् ।

अन्तर्राष्ट्रिय आर्थिक सम्वन्धकामा बारेमा जबजका विचारहरु स्पष्ट र व्यावहारिक देखिन्छन् । अन्तर्राष्ट्रिय मुलुकहरु तथा विदेशी दातृ निकायहरुबाट आर्थिक सहयोग ऋण वा अनुदानका रmपमा लिदा वा स्वीकार गर्दा मुलुक र जनतालाई केन्द्रमा राखेर कुनै पनि प्रकारको राष्ट्र, राष्ट्रियताका सबालमा हस्तक्षेप वा चुनौती नहुने गरी लिनुपर्ने कुरा जबजमा स्पष्ट छ । जसमा उल्लेख गरिए अनुसार ‘वर्तमान विश्वमा अविकशित पछौटे देशहरुमात्र नभएर विकासशील र विकसित देशहरु समेत अन्तर्राष्ट्रिय लगानी, वित्त, व्यापार, ऋण तथा अन्य आर्थिक सम्बन्ध, सहयोग र सम्पर्क बिना काम गर्न सक्दैनन् । त्यसैले हामीले वैदेशिक पूँजी, प्रविधि र व्यावसायिक सम्वन्धका बारेमा नीतिगत रुपमा ढोका बन्द गर्नु हुंँदैन । तर विदेशी पूँजी र प्रविधिलाई देशको हित अनुकुल परिचालन गर्नुपर्ने कुरामा ध्यान केन्द्रिकृत गरेको पाईन्छ । विश्वको समाजवादी आन्दोलनका हरेक देशका आ–आफ्नै विशिष्ट पहिचान रहेको बताउँदै सामान्य सैद्धान्तिक अवधारणाका आधारमा मात्र समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने हुँदा नेपालले मौलिक प्रकारको क्रान्तिको वाटो अपनाउनु पर्ने र यसका लागि सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादका शोषण र उत्पीडन सम्पूर्ण अवशेषहरुलाई कानूनसम्मत ढंगले निर्मूल गर्नु समाजवाद निर्माणको शर्तको रुपमा जवजले व्याख्या गरेको पाईन्छ । जवजका यी विचारहरु आज पनि हाम्रा लागि समाजवादतर्पmको यात्रामा कोसेढुंगााकै रुपमा रहेका छन् ।

अहिले हामी एकातिर प्रतिस्पर्र्धी राजनीति, खुला समाज, खुला व्यापार, निजी क्षेत्रको बाहुल्यता भएको अर्थतन्त्र, बाह्य सहायतामा आधारित सार्वजनिक वित्त स्थिति, उच्च लगानीका लागि बाह्य पूँजी लगानी माथिको निर्भरता तथा अर्थतन्त्रमा सार्वजनिक क्षेत्रको कमजोर अवस्थितिका बीचमा छौं । उच्च आर्थिक वृद्धि, सामाजिक न्यायसहितको विकास र समृद्धिको बाटोवाट छिटो भन्दा छिटो समाजवाद तर्पm प्रवेश गर्नुपर्ने ऐतिहासिक जिम्मेवारीमा छौं । सामन्तवादको प्रतिकको रुपमा रहेको राजतन्त्र सत्ता च्युत गरिए पनि कतिपय सामाजिक विभेद र शोषणका अवशेषहरु उन्मूलनको चरणमा नै छन् । जसले गर्दा सामाजिक न्यायमा आधारित, समतामूलक समाज निर्माणको यात्रामा आर्थिक समृद्धिको साथमा सामाजिक समृद्धिलाई पनि साथसाथै अगाडि बढाउन आवश्यक छ । मुलुकी संहिता कार्यान्वयन, संविधानमा उल्लेखित मौलिक हकको पूर्ण कार्यान्वयन, प्रतिस्पर्धा र समाजप्रति जिम्मेवार सहकारिता र उत्पादमा निजी र सरकारी क्षेत्रको सहभागिता, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सामाजिक सेवामा राज्यको बलियो उपस्थिति, आर्थिक पूर्वाधारको विकास, सामाजिक संरक्षण र सुरक्षामा राज्यको उत्तरदायी भूमिका, सामाजिक न्यायमा आधारित वितरण प्रणली, उत्पादनका साधनमा बहुसंख्यक जनताको पहुँच, राष्ट्रिय उद्योगको विकास र राष्ट्रिय पूँजी निर्माणमा मानवीय संशाधनको उचित व्यवस्थापन एवम् न्यायपूर्ण उत्पादन सम्बन्धबाट समाजवादतर्पm अगाडि बढ्नु नेपाली अर्थराजनीतिको वर्तमान आवश्यकता हो ।
(भुसाल आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?