ट्रेंडिंग:

>> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि गाईजको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार >> रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक >> रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ- प्रधानमन्त्री

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताः अर्बिन र सन्जोक समूह प्रथम

१८ भाद्र २०८१, मंगलवार
१८ भाद्र २०८१, मंगलवार

बुटवल, १८ भदौ ।
लाफा समूह बुटवलले आयोजना गरेको ७ औं प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा लाफा समूहका खेलाडी अर्बिन श्रीपाली र सन्जोक थापाको जोडी प्रथम हुन सफल भएको छ । दुईदिनसम्म चलेको खेलमा गुल्मीका खेलाडी सुमन बुचार, कृष्ण रहाडी मगरको टिमलाई १९–२१, २१–१२, २१– ७ बनाउँदै अर्बिन र सन्जोकको समूह विजयी भएको हो ।

बिजेता टिमले नगद ३५ हजार सिल प्रमाणपत्रले सम्मान गरिएको थियो भने उपबिजेता हुन सफल गुल्मीको टिमले नगद २० हजार सिल प्रमाणपत्र हात पारेको हुन ।
४५ बर्ष माथिका भेट्रान्सतर्फ तिलोत्तमा ब्याडमिन्टल क्लबका खेलाडी थम्मन सारु र सुरज गुरुड्डको समुह बिजयी भएको हो । सोझो सेटमा बुटबल ब्याडमिन्टन क्लबलाई हराउँदै तिलोत्तमा बिजयी भएको हो ।
खेलमा २१–२०, २१–१३ बनाउदै तिलोत्तमा ब्याडमिन्टन क्लब नगद ३० हजार, सिल्ड र प्रमाण पत्र हात पारेको छ, भने उपबिजेता हुन सफल बुटवल ब्याडमिन्टन क्लबले नगद २० हजार सिल प्रमाण पत्र हात पारेको छ ।

यस्तै सान्त्व्वना हुन सफल लाफा समूहका खेलाडी बबिन थापा गुरन र गाहा नगद १० हजार सहित कप मेडलले प्राप्त गरेका थिए । फिटएन फाईनका खेलाडी पुरन राना र श्याम मल्ल नगद १० हजार कप मेडल प्रमाणपत्र प्राप्त गर्ने सफल भएको लाफा समूह बुटवलका उपाध्यक्ष ज्ञानु थापाले बताए ।
समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले मानिसको जिवनमा खेलकुदको ठूलो महत्व रहेको भन्दै खेलकुद क्षेत्रमा लागेका खेलाडीहरूले आफ्नो स्वास्थ्य सँगै देशको समेत पहिचान गराउन ठूलो भूमिका रहने बताए ।

बिश्वभरि ब्याडमिन्टन खेलको महत्व रहेको भन्दै पछिल्लो समय नेपालमा समेत यो खेलमा धेरैको रुचिको बिषय बनेको बताए । तिलोतमा नगरलाई खेलकुद मैत्रिबनाउन हरेक खेलक्षेत्रलाई सक्दो सहयोग गदैआएको भन्दै लाफा समुहले तिलोत्तमा नगरभित्र प्रतियोगिता गरेरकोमा धन्यवाद दिँदै आगामी दिनमा लाफाले तिलोत्तमामा गर्ने प्रतियोगितामा सक्दो सहयोग गर्ने बताए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञ प्रसाद पंगेनी तिलोत्तमा, नगरपालिका ३ का वडा अध्यक्ष कल्याण पौडेलले खेलकुद क्षेत्रले युवाहरूलाई अनुसाशित र लगनशील बनाउने बताए । लाफा समूहका अध्यक्ष बबिन थापाले छोटो समयमा प्रतियोगिता सम्पन गर्न सफल भएकोमा सहयोगी सबैलाई धन्यवाद दिएका थिए । प्रतियोगितामा ९० समूहको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?